रामाफोसा दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय कांग्रेसको अध्यक्षमा पुन:निर्वाचित हुनु भएकामा सी चिनफिङद्वारा बधाई
2023-01-01 16:42:54cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले डिसेम्बर ३१ तारिख दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय कांग्रेसको अध्यक्षमा पुन:निर्वाचित हुनु भएकामा रामाफोसालाई बधाई सन्देश पठाउनुभएको छ।

सी चिन फिङले बधाई सन्देशमा रामाफोसालाई हार्दिक बधाई दिनुका साथै अरू नयाँ उपलब्धिहरू प्राप्त हुनसक्ने करा पनि व्यक्त गर्नुभयो।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी र दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय कांग्रेसबीच गहिरो परम्परागत मैत्रीपूर्ण सम्बन्ध र फलदायी आदान-प्रदान तथा सहकार्यले दुई देशबीचको व्यापक रणनीतिक साझेदारी सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको कुरा औँल्याउनुभयो। सीले सो दुई पार्टी तथा चीन-दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई उच्च स्तरमा लैजान र दुवै मुलुकको साझा भविष्य तथा समुदायको निर्माण गर्न अध्यक्षसँग मिलेर प्रयास गर्न उहाँ इच्छुक रहेको पनि उल्लेख गर्नु भएको छ।