चीन र साउदी अरबिया बीचको सहयोगको स्तर उकासिँदै आएको
2023-01-02 16:14:04CRI
Share with:

सन् २०१६ मा चीन र साउदी अरबियाले सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्न घोषणा गरेका थिए। विगत केही वर्षयता दुई मुलुकले विभिन्न क्षेत्रमा मैत्रीपूर्ण सहयोग गर्दै आएका छन्। दुई मुलुक बीचको सहयोगको स्तर निरन्तर रुपमा उकासिएको छ भने बेल्ट एण्ड रोडको संयुक्त निर्माणमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ।

 

साउदी अरबियाको दक्षिणी भागमा अवस्थित चिचान प्रदेशको सदरमूकाम चिचान शहरबाट ८० किलोमिटरको दूरीमा रहेको लाल सागर क्षेत्र पहिले एउटा मरुभूमि थियो। तथापि यहाँ अहिले एउटा आधुनिक औद्योगिक शहर - चि चान आर्थिक शहर बनेको छ।

 

चि चान आर्थिक शहर बेल्ट एण्ड रोड प्रस्तावको मध्य पूर्व क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण परियोजना हो। यहाँ तेल प्रशोधन, विद्युत कारखाना, जल ढुवानी, प्रशासनिक क्षेत्र र बसोबास क्षेत्र रहेका छन्। भर्खरै चिनियाँ व्यवसायले निर्माण गरेको चि चान आर्थिक शहरको वाणिज्य बन्दरगाहको संचालन शुरु भएको छ। यो चिनियाँ व्यवसायले साउदी अरबियामा डिजाइनदेखि संचालनसम्म गरेको पहिलो बन्दरगाह पनि हो।

 

पूर्वाधार क्षेत्रमा रहेको सहयोग बाहेक, बेल्ट एण्ड रोड प्रस्तावको निर्देशनमा परम्परागत र्जा क्षेत्रमा चीन र साउदी अरबिया बीचको सहयोग पनि निरन्तर रुपमा गहन हुँदै आएको छ। साउदी अरबियाको पश्चिमी भागमा रहेको यान बु शहरमा अवस्थित चीन-अरबिया यान बु तेल प्रशोधन कारखाना एउटा द्योकरुपी निर्माण बनेको छ। यहाँ हरेक वर्ष प्रशोधित तेलको संख्या २ करोड टन भन्दा बढी पुगेको छ। १ हजार भन्दा बढी स्थानीय कर्मचारीहरु यहाँ काम गर्छन्। यहाँको उत्पादक बस्तु युरोप र एसिया प्रशान्त क्षेत्रमा विक्री गरिन्छ। साउदी अरबियाका विद्वान हैसम सैद यसरी भन्नुहुन्छ,

बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गरिएपछि चीन र साउदी अरबियाको र्जा बीचको सहयोगमा निरन्तर रुपमा नयाँ परिवर्तन आएको छ। विशेष गरी दुई पक्षले संयुक्त लगानी गरी निर्माण गरेको र्जा परियोजना छ। यान बु तेल प्रशोधन कारखाना निकै प्रशंसनय छ।

 

चीन र साउदी अरबिया बीचको सम्बन्ध घनिष्ठ हुँदै आएको सिलसिलामा दुई पक्ष बीचको आर्थिक र व्यापारिक सम्बन्धमा पनि फड्को मार्ने विकास हुँदै आएको छ। सन् २००१ देखि मध्य पूर्व क्षेत्रमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार साउदी अरबिया हो। यसका साथै सन् २०१३ देखि साउदी अरबियाको सबैभन्दा ठूलो व्यापार साझेदार चीन बनेको छ। सन् २०२१ मा दुई पक्ष बीचको व्यापार रकम ८७ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०२० को तुलनामा ३०.१ प्रतिशतले बढेको हो। दुई मुलुकका व्यवसायहरुले व्यापार, र्जा, बैङ्कि र पूर्वाधार लगायत क्षेत्रमा रहेको सहयोग निरन्तर रुपमा विस्तार हुँदै आएको छ। यसबारे चर्चा गर्दै साउदी अरबियाको उद्योग र खानी र्जा मन्त्री बानदार हुलेफ यसरी भन्नुहुन्छ,

साउदी अरबियाका लागि चीन सबैभन्दा मुख्य र शक्तिशाली साझेदारमध्येको एक बनेको छ, जुन हाम्रा लागि निकै महत्त्वपूर्ण छ। चिनियाँ व्यवसायहरुको प्रयास र लगानी नभएमा हाम्रा यी कारखाना, पूर्वाधार र औद्योगिक परियोजनाहरु कसरी निर्माण हुने थियो हामीलाई थाहा छैन।

 

चीन र साउदी अरबियाका व्यक्तिहरुले भविष्यमा दुई मुलुकले आर्थिक तथा व्यापारिक, र्जा, बिग डाटा र एआई लगायत क्षेत्रमा आपसी सहयोग निरन्तर रुपमा विस्तार हुने ठहर गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिन यसरी भन्नुहुन्छ,

चीन र साउदी अरबिया सर्वतोमुखी रणनीतिक साझेदार हुन्। विभिन्न क्षेत्रमा रहेको सहयोगले दुई मुलुकका जनताका लागि वास्तविक फाइदा ल्याएको छ। चीन र साउदी अरबिया बीचको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धलाई अरु गहन पार्न चीन इच्छुक रहेको छ।