पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र नेपालको साँचो प्रेमको साक्षी
2023-01-02 15:59:34CRI
Share with:

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको राष्ट्रिय सम्मानको प्रतीक भनेर प्रशंसा गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गतको प्रमुख परियोजना हो भन्दै उसले यो उज्ज्वल व्यापार कार्डपनि बनेको उल्लेखसमेत गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहलाई आइतबार नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले सम्बोधन गर्नु भएको थियो। सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपालसँगै बेल्ट एण्ड रोडलाई संयुक्त निर्माणका लागि उज्ज्वल व्यापार कार्ड बनेको हो।विमानस्थल उदघाटनको अघिल्लो दिन नै नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सन्जालमार्फत् यो बीआरआई अन्तर्गतको प्रमुख परियोजना भएको उल्लेख गर्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको अनलाइन खबरले लेखेको छ।

नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल, चीन र विश्वका अन्य देशका मानिसहरूको आवतजावत सहज बनाउने उड्डयन केन्द्र मात्र नभएर, विषम परिस्थितिमा चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना पनि भएको बताउनु भएको छ। यो चीन र नेपालबीच साझा समुदाय निर्माण गर्ने र साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त प्रमाण हो,’ उहाँले भन्नु भएको छ।

दुई राष्ट्र प्रमुखको निर्देशन अनुसार, नेपालमा बेल्ट एण्ड रोडको परिकल्पनालाई वास्तविकतामा परिणत गरी, फलदायी नतिजाहरू हासिल गर्न परियोजना अघि सारिएको बताउँदै उहाँले हिमाल पारी अन्तरदेशीय रेलमार्गनिर्माण गर्न सँगै काम गर्ने उल्लेखसमेत गर्नुभयो।

说明: https://www.onlinekhabar.com/wp-content/uploads/2022/10/250X2502.gif

चीननेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र आम जनताको अपेक्षा भएको बताउँदै उहाँले भन्नुभयो, ‘दुई देशका नेताबीच भएको सहमति अनुसार चीनले नेपालको सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग पुर्याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चीन सहमत भएको छ। यस अन्तरदेशीय रेलमार्गनिर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ र भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकबन्ने नेपालको सपना अन्ततः साकार हुनेछ।चीननेपाल आयातनिर्यात दिगो सम्बन्धको निर्माण गर्न हातेमालो गर्ने उहाँले बताउनुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा दुई देशका जनताको संयुक्त प्रयासले विकास र समृद्धिका लागि पुस्तादेखि पुस्तासम्मको मैत्रीपूर्ण चीननेपाल रणनीतिक साझेदारीले नयाँ र बृहत् विकास हासिल गर्ने र दुई जनताका कल्याणका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो।

कोभिड१९ को महामारीमा दुई देशका जनताले एकअर्कालाई सहयोग गर्दै मित्रताको नयाँ अध्याय लेखेको बताउँदै उनले चीन र नेपालबीचको उच्चगुणस्तरको बेल्ट एण्ड रोडको  संयुक्त निर्माणले नेपालको अर्थतन्त्रको विकास र जनताको जीविकोपार्जनका व्यावहारिक आवश्यकताहरू पूरा गर्ने तथ्यले प्रमाणित गरेको दाबी गरेका छन्। बेल्ट एन्ड रोड निर्माणले नयाँ वर्षमा नेपालचीनबीचको मैत्रीपूर्ण र सहकारी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको उहाँले बताउनुभयो।

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठनसँगै नेपाल राष्ट्रिय समृद्धि र विकासको नयाँ सुरुवाती विन्दुमा उभिएको भन्दै कार्यवाहक राजदूत वाङले चीनले आफ्नो छिमेकी मुलुकको कूटनीतिमा नेपाललाई सधैं प्राथमिकतामा राखेको बताउनुभयो। चीन राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक र सामाजिक विकास हासिल गर्न नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ र दुई देशबीच विभिन्न क्षेत्रमा मित्रवत आदानप्रदान र सहयोगलाई विस्तार र गहिरो बनाउन नेपालसँग काम गर्न इच्छुक छ,’ उहाँले भन्नुभयो।