चीनले मानवजातिको शान्ति र विकासलाई चिनियाँ बुद्धि र कार्यक्रम प्रदान
2023-01-03 16:54:22cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ नयाँ वर्षका अवसरमा दिनु भएको शुभकामना सन्देशले अन्तर्राष्ट्रिय समूहको उत्साहजनक प्रतिकृया पाएको छ। धेरै मुलुकका व्यक्तिद्वारा बधाइ सन्देशले विश्वलाई आशा र विश्वास प्रदान गरेको व्यक्त गर्नुका साथै चिनियाँ बुद्धि र चीन कार्यक्रमले मानव जातिको शान्ति र विका सकार्यलाई नयाँ महत्वपूर्ण योगदान गर्ने विश्वास आफूले लिएको बताउनुभयो। त्यसबारे चर्चा गर्दै चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ नयाँ वर्षको शुभकामना सन्देशमा आजको चीन विश्वसँग घनिष्ठ सम्पर्क गरेको चीन हो भन्दै चीनले ऐतिहासिक सही र मानव सभ्यता प्रगतिको पक्षमा उभिएर मानवजातिको शान्ति र विकास कार्यलाई चिनियाँ बुद्धि र कार्यक्रम प्रदान गर्ने विचार व्यक्त गर्नुभएको बताउनुभयो।

जनवरी ३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। उहाँले नयाँ वर्षमा चीनको कुटनीतिले सी चिनफिङ नयाँ युग चीन विशेषतायुक्त समाजवादी विचार विशेष गरी सी चिनफिङ कुटनीति विचारको नेतृत्वमा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कुटनीतिको नयाँ पृष्ठ लेख्ने काम गरेको उल्लेख गर्नुभयो।