राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित भएकोमा लुलाप्रति बधाई सन्देश
2023-01-03 10:16:40cri
Share with:

जनवरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लुला दा सिल्भा ब्राजिलको राष्ट्रपति पदमा चयन हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा चीन र ब्राजिल विश्वका ठूला विकासोन्मुख मुलुक र महत्वपूर्ण नवोदित बजार हुनुका साथै  चौतर्फी रणनीतिक साझेदार रहेको उल्लेख गर्नुभएको छ। उहाँले दुई मुलुकबीच साझा हित रहेको कुरा बताउनुभयो। सीका अनुसार, चीन र ब्राजिलबीच दौत्य सम्बन्ध स्थापना भएको ४८ वर्षयता दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध गहिरो रुपमा विकसित गरेका छन्। यो सम्बन्ध विकासोन्मुख मुलुकहरूको सम्बन्धको नमूना बनेको छ। सीले राष्ट्रपति लुलासँग द्विपक्षीय व्यवहारिक सहयोगलाई अगाडि बढाउने, बहपक्षीय समन्वय घनिष्ठ पार्ने, चीन र ब्राजिलबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उच्च स्तरतर्फ लैजान प्रयास गर्ने बताउनुभयो।