चीनको प्रथम समुद्री वायु ऊर्जा प्लेटफर्म परियोजनाको मुख्य भागको निर्माण पूरा
2023-01-03 14:53:57CRI
Share with:

जनवरी २ तारिख चीनको प्रथम गहिरो समुद्री फ्लोटिंग वायु ऊर्जा प्लेटफर्म परियोजना "सीएनओओसी क्वानलान" को मुख्य भागको निर्माण शानतोङ प्रान्तीय छिङताउ शहरमा पूरा भएको छ। यो नै १०० मिटरभन्दा बढी जलसतहको किनारबाट १०० किलोमिटरभन्दा टाढाको दूरीमा गरिएको विश्वको पहिलो समुद्री वायु ऊर्जा परियोजनामा महत्त्वपूर्ण प्रगति हासिल भएको द्योतक हो।

उक्त परियोजना संचालनमा आएपछि,  वायु टर्बाइनहरूबाट उत्पादित विजुली पेट्रोल र ग्याँस उत्पादनमा प्रयोग गरिनेछ र वार्षिक रूपमा निकालिने बिजुलीको परिमाण प्रतिघण्टा २.२ करोड किलोवाट हुनेछ र कटौती हुने कार्बन डाइअक्साइड उत्सर्जनको निष्काशन मात्रा २२ हजार टन बराबर हुने अनुमान गरिएको छ।

उक्त वायु ऊर्जा प्लेटफर्म चिनियाँ कम्पनी सीएनओओसीले आफ्नै क्षमतामा  पहिलो पटक अनुसन्धान र विकास तथा डिजाइन र निर्माण गरेको गहिरो समुद्रमा वायु ऊर्जा प्लेटफर्म हो र हरेक मेगावाटको लागि गरिएको लगानी लगायत धेरै सूचकांकहरू विश्वमा अग्रणी रहेका छन्।

बितेका वर्षहरूयता, चीनको समुद्री वायु ऊर्जा निर्माण क्षमता बढ्दै गइरहेको छ। सन् २०२२ सम्म चीनको निर्माण क्षमता ३.२५ करोड किलोवाट पुग्ने अनुमान बमोजिम चीनको समुद्री वायु ऊर्जा क्षमता विश्वको पहिलो स्थानमा जारी राखिएको छ।