बेलायतले फकल्याण्ड टापु समस्याको सामना गर्ने चीनको अपेक्षा
2023-01-04 10:38:15cri
Share with:

सन्२०२३ को पहिलो दिन, मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथले बेलायतसँग विवादित चागोस टापुहरूको सार्वभौमिकता समस्याबारे वार्ता शुरू भएको घोषणा गर्नुभएको छ। चागोस टापुहरू पुनः मौरिससमा फर्किने प्रक्रिया औपचारिक रूपमा शुरू भएको कुरा यसबाट देखाइएको छ। बेलायतले चागोस टापुको समस्याको समाधान गरी फकल्याण्ड टापुहरूको समस्या पनि सामना गरेर छिटो भन्दा छिटो गरी अर्जेन्टिनासँगको वार्ता पुनः शुरू गर्ने अपेक्षा अन्तर्राष्ट्रिय समाजले गरिरहेको छ।

कतार विश्व कप अवधिमा, अर्जेन्टिना फुटबल फ्यानले गीत गाएर च्याम्पियनहरूका लागि खुशीयाली मनाउने भिडियो सञ्चारमाध्यममा प्रसारण गरेका थिए।  यी मध्ये एउटा गीतमाअर्जेन्टिनाले फकल्याण्ड टापुहरूलाई नबिर्सने गाउँदा विश्वका लागि मर्मस्पर्शी बनेको छ। औपनिवेशिकतावाद मानव जातिको सभ्यता इतिहासमा रहेको एउटा घाउ हो, अन्तर्राष्ट्रिय समाजले अर्जेन्टिनाको समर्थन गरिरहेको छ। ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रमा सबै मुलुकले फकल्याण्ड टापुहरू समस्यामा अर्जेन्टिनाको अडानको समर्थन गरेका छन्। बेलायतले पुनः वार्ता शुरू गरी फकल्याण्ड टापुहरू अर्जेन्टिनालाई फर्काउने शा चीनले गरेको छ।