हाइस्पिड रेलको युगमा चीनका सुस्तगतिका रेलहरू
2023-01-04 14:57:25CRI
Share with:

हालसम्म चीनमा संचालनमा रहेका हाइस्पिड रेलको कुल दूरी ४०हजार किलोमिटरभन्दा बढी छ। यद्यपि, अझै पनि धेरै ठाउँमा "सुस्त गतिका रेलहरू" संचालनमा छन्। सछ्वान प्रान्तीय ल्याङशान यी जातीय स्वायत्त प्रिफेक्चरमा चल्ने ५६३३/५६३४ रेलहरू दुर्गम पहाडी क्षेत्र र टाउन्शिपहरूको बीचमा आउनेजाने गर्छन्। ५२ वर्षदेखि चल्दै आएको यस रेल कुद्ने कूल दूरी ३५३ किलोमिटर छ र बाटोमा २६ बिसौनीहरूमा रोकिन्छ र लगभग ११ घण्टाको यात्रा गर्ने गर्दछ। यस रेलको लागि सबभन्दा महँगो टिकट २६.५ चिनियाँ युआन छ र सबैभन्दा सस्तो टिकट २ युआन मात्रै छ। उक्त भाडा दशौं वर्षदेखि  अपरिवर्तित नै छ।

शहर र पहाडबीच चल्ने धीमा रेल स्थानीयको सुविधाका चलाइएको हो। हालसम्म चीनमा अझै पनि ८१ वटा यस्ता सुस्त गतिका रेल सञ्चालनमा छन्। यी रेलहरू २१ वटा प्रान्त र शहरहरू लगायत ३५ अल्पसंख्यक जातीय क्षेत्रका दुर्गम ठाँउहरूमा पुग्छन्। ती रेलहरू ५३० स्टेशन  पार गर्दै प्रतिदिन औसत ६२,००० मानिसहरूलाई ओसारपसार गर्छन्।