"२०२३ वसन्त चाड गाला" को दोस्रो पटकको पूर्वाभ्यास पूरा
2023-01-04 10:07:44cri
Share with:

जनवरी ३ तारिख चाइना मिडिया ग्रुपको "२०२३ वसन्त चाड गाला"को दोस्रो पूर्वाभ्यास सुचारु रुपमा पूरा भएको छ। समग्र गालाले नयाँ वर्षमा मातृभूमिको समृद्धि तथा शान्ति, जनताको शान्तिपूर्ण सुन्दर जीवनका लागि शुभकामनाभाव दर्शाएको छ। 

चालू वर्षको वसन्त चाड गालाले “फलफूल”लाई गालाको मञ्चको मुख्य प्रतीक बनाएको छ। फलफूलको डिजाइनबाट चिनियाँ पात्रोअनुसार नव वर्षमा समृद्धि, खुशीयाली देखाइने मात्र नभई चीनको विभिन्न क्षेत्रको जीवन्त शक्ति देखाइने छ।