नेपालको आर्थिक सूचकको प्रयोग विधि सार्वजनिक
2023-01-04 17:01:57cri
Share with:

नेपालको आर्थिक क्षेत्रमा प्रयोग हुने तथ्य, तथ्याङ्कको प्रभावकारी प्रयोग सिकाउने सामग्री समेटिएको ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक पुस्तक सार्वजनिक गरिएको छ। मङ्गलबार उक्त पुस्तकको डिजिटल प्रति सार्वजनिक गरिएको हो। पुस्तक राष्ट्रिय योजना आयोगले तयार गरेको गोरखापत्र अनलाइनले लेखेको छ। 

कार्यक्रममा आयोगका सचिव केवलप्रसाद भण्डारीले आर्थिक क्षेत्रमा रुचि राख्ने जोकोहीलाई पुस्तक उपयोगी हुने बताउनुभयो। तथ्याङ्कको सही प्रयोगले नीति निर्माणमा धेरै प्रभाव पार्ने भएकाले त्यसको उपयोग विधि पुस्तकमा समेटिएको उहाँले जानकारी दिनुभयो। त्यस्तै अङ्कको सरल प्रयोगमार्फत सही सूचना सम्पे्रषण गर्न पनि यो पुस्तक सहयोगी हुने उहाँको भनाइ थियो। हाललाई डिजिटल संस्करणमा मात्र उपलब्ध गराइएको पुस्तकलाई सुझावको आधारमा संसोधन पनि गर्न सकिने आयोगले जनाएको छ। 

https://gorkhapatraonline.com/news/49970