नम्बर एक भाइरस प्रचारक अमेरिकाद्वारा वास्तवमा अरुमाथि दोषारोपण
2023-01-05 16:41:46CRI
Share with:

जनवरी ५ तारिखदेखि, अमेरिकाले चीनमा घरेलु महामारी "नयाँ तनावमा परिवर्तन हुनसक्छ। महामारी फैलिने जोखिम रोक्ने निहुँमा िनियाँ यात्रुहरूमाथि प्रवेश प्रतिबन्ध लगाउने भएको छ।

 

यद्यपि, भाइरसको विश्लेषणका तथ्यहरूलाई हेर्दा, हाल चीनमा प्रचलित बीए.५ भाइरस केही महिना अघिदेखिको अमेरिकाको मुख्य भाइरस हो र हाल सांघाई र हाङ्चमा पत्ता लागेको पछिल्लो भाइरस एक्सबीबी.१.५ ठ्याक्कै अमेरिकाको वर्तमान चलिरहेको भाइरस हो। यो देख्न सकिन्छ कि चीन विश्वव्यापी महामारीको शिकार भएको , जबकि अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्दै विज्ञानको उल्लङ्घन गरेको छ जुन चोरले चोरलाई पक्राउ गर्न बोलाउने राजनीतिक प्रहसनजस्तै हो।

 

चीनमा प्रचलित बीए.५ महामारी होस् वा नयाँ पत्ता लागेको एक्सबीबी.१.५,  सबै अमेरिका र अन्य धेरै देशहरूभन्दा पछि मात्रै देखा परेको हो। हाल चीनमा फैलिएको नयाँ कोरोना भाइरस यसअघि नै विश्वभर फैलिसकेको छ।

 

विगत तीन वर्षमा चीनले मानव जीवनला पहिलो स्थानमा राखेको छ र महामारी विरुद्धको विश्वव्यापी लडाइ र आर्थिक सुधारमा महत्वपूर्ण योगदान दिएको छ। यसक विपर, अमेरिकाले सधैं महामारी रोकथामला राजनीतिकरण गरेर अन्यमाथि दोष थोपर्दै एको छ। यसले आफूलाई "महामारीसँग लड्न असफल विश्वको पहिलो देश" भन्ने उपमा अपनाएको छ। साथै जसले विश्वव्यापी महामारी प्रतिरोधी प्रक्रियामा अवरोध सिर्जना गरेको छ।

विगत तीन वर्षमा अमेरिकाले राजनीतिक लक्ष्यहरू प्राप्त गर्न महामारी रोकथाम र नियन्त्रणलाई साधन बनाउने प्रयास गरेको छ। जसले १.०८  मिलियन भन्दा बढी अमेरिकीहरूले आफ्नो जीवनको मूल्य चुक्ता गरेका छन्। आज तीन वर्ष पछि अमेरिकाले आफ्नो गल्तीबाट पाठ सिकेर उचित बाटोमा फर्किने छाँटकाँट देखाएको छैन