फङ लीयुआन र फिलिपिन्सका राष्ट्रपतिकी श्रीमती लीसाद्वारा राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
2023-01-05 09:42:00cri
Share with:

जनवरी ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआनले फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँगै चीनको राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपतिकी श्रीमती लीसा मार्कोससँग चीनको राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ।

दुई राष्ट्रानायककी श्रीमतीहरूले राष्ट्रिय सङ्ग्रहालय र दरबार सङ्ग्रहालयद्वारा संयुक्त रुपमा आयोजना गरिएको पूरातात्विक वस्तु प्रदर्शनीको अवलोकन गर्नुभएको थियो।

सो अवसरमा फङ लीयुआन र लीसाले अवलोकन गर्दै एक आपसमा कुराकानी गर्नुभएको थियो। फङले चीन र फिलिपिन्स छिमेकी मुलुक भएको बताउनुका साथै दुई मुलुकका जनताले परम्परागत मित्रतालाई निरन्तरता दिने तथा दुई मुलुकको सम्बन्धलाई नयाँ भर्याङ चढाउन अगाडि बढाउने अपेक्षा रहेको व्यक्त गर्नुभयो।

फङ लीयुआनलाई राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गर्न निमन्त्रणा गर्नुभएकोमा लीसाले कृतज्ञता ज्ञापन व्यक्त गर्नुभएको थियो।