नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर, निकासीमा कमजोर
2023-01-05 16:45:18CRI
Share with:

आव ०७२/७३ सम्म नेपालबाट भारतलगायत मुलुकमा डेढ करोड जोरसम्म जुत्ता निर्यात हुने गर्थ्यो। अहिले त्यो संख्या घटेर ५९ लाख जोरमा झरेको छ। भूकम्पपछि भारतले नाकाबन्दी गर्‍यो। त्यसपछि निर्यात घट्दै गएको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउनुहुन्छ।

 

नेपालबाट जुत्ता भित्रिन छाडेपछि भारतमा अर्कै मुलुकबाट आपूर्ति हुन थाल्यो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि भारतमा नेपाली उत्पादनको माग र बजार दुवै घटेको होभारतको अघोषित नाकाबन्दी खुल्नासाथ निर्यात सहज बनाउन नेपाल सरकारले सहयोग गर्नुपर्नेमा त्यो हुन नसकेको गुनासो उहाँको छ। नाकाबन्दीको प्रभाव अहिले पनि जुत्ता उद्योगमा कायमै रहेको उहाँले दाबी गर्नुभयोअहिले पनि ५ देखि ६ करोड जोर जुत्ता निर्यात गर्न सक्ने क्षमता हाम्रो छ, तर त्योअनुसार निर्यात हुन सकेकै छैन,’ उहाँले भन्नुभयो।

 

देशभर सञ्चालनमा रहेका १५ सय जुत्ता उद्योगमध्ये परम्परागत उद्योगको संख्या १२ सय छ। सय उद्योग निर्यात गर्ने मात्रै छन्। मझौला तथा ठूला उद्योग २ सयजति छन्। ती उद्योगमा ५० देखि ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा १० लाख जनाभन्दा बढी रोजगार रहेको संघको भनाइ छ। देशभर ६५ हजारदेखि ७० हजार बढी जुत्ता पसल छन्। चौबीसै घण्टा उद्योग चल्दा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता छ। स्वदेशभित्रको माग १० देखि साढे १० करोड जोर मात्रै छ। तर, खपत ५ करोड ६५ लाख जोर मात्रै भइरहेको कान्तिपुर अनलाइनले जनाएको छ

 

गत आव ०७८/७९ मा साढे २ करोड जोर विदेशी जुत्ता वैधानिक रूपमा भित्रिएको थियो। २ करोड जोर खुला सीमाबाट तस्करीमार्फत ल्याइएको अध्यक्ष घिमिरेको दाबी छ। जुत्ता उद्योग प्रायः देशैभर सञ्चालनमा छन्। धेरै उद्योगमा वीरगन्ज र विराटनगर करिडोरमा रहे पनि बिर्तामोड, बुटवल, भैरहवा, नारायणगढलगायत सहरमा पनि यो व्यवसाय फैलिएको छ

 

उद्योग थपिँदै गए पनि चोरीपैठारीले व्यवसाय टिकाउन समस्या छ,’ उहाँले भन्नुभयो, ‘नेपाली नाममै बिक्री गरौं भन्ने हो तर ब्रान्ड कपीको समस्याले ग्राहकलाई ब्रान्ड चिन्न समस्या भएको छ बाह्य मुलुकबाट आउने सस्ता जुत्तामा सरकारले प्रतिबन्ध लगाउनुपर्ने सुझाउँदै उहाँले भन्नुभयो, २५ सयदेखि ३ हजार रुपैयाँभन्दा कम मूल्यका जुत्ता नल्याए हुन्छ, यस्ता जुत्ताको आयात प्रतिबन्ध लगाए पनि हामी माग धान्न सक्छौं,’ नेपालमा जुत्ता बनाउने उद्योग हुँदाहुँदै सस्तो जुत्ता ल्याउन आवश्यक छैन कच्चा पदार्थ नेपालमै तयार नहुँदा बाह्य मुलुकसँग निर्भर हुनुपर्ने बाध्यता छअहिले नेपालमै सोल उत्पादन सुरु भएको छ, यो राम्रो पक्ष हो,’ ब्ल्याक हर्स जुत्ता उद्योगका सञ्चालक चीनकाजी श्रेष्ठले भन्नुभयो, ‘कच्चा पदार्थको आयातमा भन्सार दरमा सहुलियत गरिदिए राम्रो हुने थियो

 

जनशक्ति अभावको कुरा सधैं उठिरहे पनि समाधान हुन सकेको छैनमहिलालाई आत्मनिर्भर बनाउने गरी जुत्ता बनाउने तालिम दिने, सिकाउने काम गरिरहेका छौं। महिला जनशक्ति टिकाउन सकिए पनि पुरुष जनशक्ति टिकाउन सकिएन,’ उहाँले भन्नुभयो, ‘पुरुषमा यहीं केही गरौं भन्ने भन्दा पनि विदेश जाऔं धेरै कमाएर ल्याऔं भन्ने सोचले उद्योगमा टिकाउन गाह्रो भएको छ

 

चीन र भारत विश्वमै जुत्ताचप्पल उत्पादन गर्नेमा अग्रणी स्थानमा पर्छन्, बीचमा रहेका हामीलाई थोरै जुत्ता उत्पादन गर्दै प्रतिस्पर्धा गर्नुपरेको छ,’ शिवम् फुटवेयर एवं सांग्रिला ब्रान्डका प्रबन्ध निर्देशक प्रतीक रावलले भन्नुभयो। पहिला प्रविधि थिएन। उद्योग कम थिए। अहिले उद्योग बढ्दै गएका छन्। उद्योगलाई टिकाइराख्न सरकारले प्रोत्साहन गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो।