नव वर्षमा नेपाल र चीन समृद्ध बन्दै हातमा हात मिलाएर उड्ने
2023-01-05 14:54:52cri
Share with:

नव वर्षको सुरूवातसँगै नेपालबाट राम्रो समाचार फैलिएको छ। नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन र नेपालबीच “बेल्ट एण्ड रोड” सहयोगको महत्वपूर्ण परियोजना हो। यो नेपालको “राष्ट्रिय गौरव परियोजना” पनि हो। सन् २०१४ मा चाइना सीएएमसी इन्जिनियरिङले यो परियोजनाको बिड जितेर सन् २०१७ देखि निर्माण सुरू गरेको थियो।

पोखराबाट काठमाडौँ फर्कने विमानमा

मैले दुईपटक पोखराको भ्रमण गरेकी छु। पहिलोपटक बुवा-आमासँगै गाडीद्वारा काठमाडौँबाट पोखरा गएका थियौँ। पहाडी बाटोमा केही घण्टापछि पूरै यात्राभर सुतेकी थिएँ। दोस्रोपटक कामको सिलसिलामा नेपाली विमान सेवामार्फत् त्यहाँ गएकी थिएँ। त्यसबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको थियो। स्थानीय सरकारी अधिकारी तथा उद्योग-वाणिज्य प्रतिनिधिहरूसँग वार्ता गर्दा उहाँहरूले उक्त विमानस्थाल छिटै निर्माण गरेर स्थानीय पर्यटनको विकास गर्ने प्रतिक्षामा रहेको व्यक्त गरेका थिए।

सो कामपछि काठमाडौँ फर्कने क्रममा केही समस्याका कारणले विमानको उडानमा विलम्ब हुनगयो। त्यस बेला, फर्कने बाटोको कठिन अवस्थाको सम्झना भएको थियो। त्यसैले मेरो विचारमा नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरालाई यातायातले साँच्चिकै “पछाडि धकेलेको” थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रतिवर्ष विमानस्थलमा आउनेजाने यात्रुहरूको संख्या ८,००,००० पुग्ने अनुमान अनुसार सो क्षमताको डिजाइन गरिएको छ। विमानस्थलको संचालनले नेपालको पर्यटन उद्योगको चाँडो पुनरूत्थानलाई ठूलो प्रोत्साहन र शक्ति दिएको छ। साथै नेपाल सरकारले तोकेको "नेपाल पर्यटन दशक (२०२३-२०३२) रणनीतिक कार्य योजना" लाई पूरा गर्नको लागि पनि शक्तिशाली समर्थन प्रदान गरेको छ। उक्त रणनीतिक कार्य योजनामा सन् २०३२ सम्ममा नेपालले ३५ लाख विदेशी पर्यटकलाई भित्र्याउने र १० वर्षभित्र नेपालको पर्यटन उद्योगमा थप १० लाख रोजगारी मौकाको सिर्जना गर्ने लक्ष्य राखिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनबारे नेपाली सञ्चार माध्यमहरूले जनाएका छन्: उक्त परियोजनाबाट नेपाली जनताको आधा शताब्दीदेखिको सपना पूरा भएको छ र पोखराको भावी समृद्धि र विकासका लागि उक्त परियोजनाले कोसेढुङ्गाको भूमिका निर्वाह गरेको सावित भएको छ। यस सम्बन्धमा नेपालका नव प्रधानमन्त्री प्रचण्डले यसरी भन्नुभयोः यसले नेपाललाई विश्वसँग नजिक बनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भए तापनि यो नै नेपालको पहिलो आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल हो। पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र मर्मतका आधारमा निर्माण गरिएको बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा नेपालको दोस्रो ठूलो शहर र सबैभन्दा ठूलो पर्यटकीय शहर पोखरामा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय पर्यटन उद्योग र नेपालको नागरिक उड्ड्यन उद्योगलाई चलायमान बनाउन सक्ने क्षमता ठूलो हुने विश्वास गरिएको छ।

निस्सन्देह, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा हामीले महामारीको प्रभावमा चिनियाँ उद्यमीहरूले गरेका ठूला प्रयासहरू र कोष र नीतिहरूको सन्दर्भमा चीन सरकारले प्रदान गरेको समर्थन र सहयोगलाई पनि उल्लेख गर्नैपर्छ।

चीनको महामारी रोकथाम नीतिहरूको समायोजन भएपछि ठूलो संख्यामा चिनियाँ पर्यटकहरू अन्तर्राष्ट्रिय पर्यटन बजारमा फर्कने शंका छैन। नयाँ विमानस्थलको संचालनले पनि बढीभन्दा बढी पर्यटकको स्वागत गर्ने तयारी गरिरहेको छ। सन् २०२३ को वसन्त साँच्चै आउँदैछ! नयाँ वर्षमा चीन र नेपालको संयुक्त प्रयासमा निर्मित यो विमानस्थलले नयाँ आशा जगाएको छ।