विदामा चिनियाँको उपभोगको इच्छा बढ्दै
2023-01-06 11:24:30cri
Share with:

जनवरी १ तारिख नव वर्षको विदामा चीनका विभिन्न ठाउँमा जीवनको स्वाद बढ्दै गएको देखिन्छ। चीनका राजमार्ग, रेलमार्ग, हवामार्गमा यात्रुको संख्या बढ्दै गएको छ भने पर्यटन गन्तव्य, वाणिज्य मल, भोज व्यवसायका उपभोग पनि बढेको छ।

नव वर्षको विदामा, चीनभरि दैनिक यात्रु आवतजावत भएको संख्या ५० लाख ८० हजारभन्दा बढी भएको छ र सन् २०२२ को नोभेम्बरको तुलनामा १०९ प्रतिशतले वृद्धि भएको छ। नव वर्षको तीन दिनको विदामा चीनभरि राजमार्ग, रेलमार्ग र जल यातायातमार्फत् जम्मा ६ करोड १० लाख यात्रुले होदोहोर गरेका छन्।

विदामा चीन राष्ट्रिय इन्टरनेट खुद्रा विक्रीको रकम ४५ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा ६.५ प्रतिशतले वृद्धि भएको छ। सिनेमाको कूल टिकट विक्री रकम ५५ करोड चिनियाँ युआन पुगेर १ करोड २५ लाख मानिसले चलचित्र हेरेका छन्। जनवरी १ तारिख चीनभरि १०,६४० वटा सिनेमाघर सञ्चालन भएपछि दश महिनायता सबैभन्दा धेरै संख्या पुगेको छ।