सी चिनफिङद्वारा तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेटवार्ता
2023-01-06 16:35:09cri
Share with:

जनवरी ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बेर्दिमुहामेदोभसँग भेटवार्ता गर्नुभएको छ। दुई देशका राष्ट्रनायकले चीन-तुर्कमेनिस्तान सम्बन्धलाई व्यापक रणनीतिक साझेदारी सम्बन्धसम्म उकास्ने घोषणा गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीनले तुर्कमेनिस्तानसँग दुई पक्षीय व्यापक सहयोग र चीन-तुर्कमेनिस्तान भाग्य समुदायको रचनालाई बढाएर दुई देश सम्बन्धलाई अरू बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो। सीले चीन र तुर्कमेनिस्तान शान्ति संरक्षण र विकास प्रबर्द्धन अडानमा अडिग रहेको भन्दै तुर्कमेनिस्तानले शाङहाइ सहयोग संगठनसँग रचनात्मक सहयोग गर्न चीनले समर्थन गर्नुका साथै तुर्कमेनिस्तानसँग साँच्चिकै बहु-पक्षीयतावादको अभ्यास गरी मानव भाग्य समुदायको रचनालाई अघि बढाउने इच्छा लिएको बताउनुभयो।

 

प्रत्युत्तरमा सेर्दार बेर्दिमुहामेदोभले तुर्कमेनिस्तानले सिल्क रोड पुनरूत्थान र बेल्ट एन्ड रोडबीचलाई प्रवर्द्धन गरी दुई देशबीच सहयोगलाई बढाएर दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा लिएको व्यक्त गर्नुभयो।

वार्तापछि दुई राष्ट्रानायकले जन गणतन्त्र चीन र तुर्कमेनिस्तानबीचको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए।