लुबान कार्याशालाले अफ्रिकी युवाका लागि व्यावसायिक कौशल तालिम
2023-01-06 14:32:08cri
Share with:

सन् २०१८ को सेप्टेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनम सम्बोधन गर्दै चीनले अफ्रिकामा दश वटा लुबान कार्याशालाको स्थापना गर्ने, अफ्रिकी युवाहरूलाई व्यावसायिक कौशलको तालिम दिने कुरा बताउनुभयो। सन् २०२१ को नोभेम्बरमा महिना चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलनको उद्घाटन समारोहमा भिडियोमार्फत सहभागी हुनुभएका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी निरन्तर रुपमा लुबान कार्याशालाको स्थापना गर्ने, अफ्रिकामा रहेका चिनियाँ उद्योग-व्यवसायलाई अफ्रिकाका लागि कम्तीमा आठ लाख रोजगारी अवसर उपलब्ध गराउन प्रोत्साहन गर्ने कुरामा जोड दिनुभयो।

 

२५०० वर्षअघि प्राचीन कालको बसन्त र शरद अवधिमा शिल्पकार लुबानले विविध उपकरणको विकास गरेका कारण चीनभरि निकै प्रसिद्ध भए। २५०० वर्षपछि लुबानको नाममा स्थापना गरिएको व्यावसायिक शिक्षा अन्तर्राष्ट्रिय आदान-प्रदान चौतारो अर्थात् लुबान कार्याशाला विश्वमा प्रशंसा गरिँदैछ।

 

गोमाले पहिले चीनको क्वाङ सीमा अध्ययन गरेका थिए। इथियोपिया फर्केपछि उनले एक इन्जिनियरिङ कम्पनीमा अनुवादको काम गर्दछन्। फुर्सदमा गोमाले हरेक बुधबार लुबान कार्याशालामा सिक्न जाने गर्दछन्। गोमा भन्छन् “लुबान कार्याशालामा अत्याधुनिक उपकरण र उत्कृष्ट प्रशिक्षण प्रणाली छ। मैले यहाँ तालिन लिने मौका पाएकोमा अत्यन्त खुशी छु। मैले मेरो प्रविधि क्षमता बढाउनसक्छु। काममा मेरो प्रतिस्पर्धा शक्ति बलियो हुने छ।”

 

इथियोपियास्थित लुबान कार्याशालाका जिम्मेवार व्यक्ति बेटीले चीनमा चार वर्षसम्म अध्ययन गरेकी थिइन्। बेटीका अनुसार, उनले चीनमा अध्ययन गर्नुका साथै धेरै साथीहरू पाएकी थिइन्। उनी भन्छिन् “चीनमा चार वर्षसम्म बसेको समय रोमाञ्चक र अविस्मरणीय छ। मैले विश्वको विभिन्न मुलुकका मानिससँग भेटेँ। विश्वविद्यालयमा पनि अफ्रिकाबाट आएका दाजुभाइ र दीदीबहिनी छन्। त्यहाँ विश्वको विभिन्न क्षेत्रका मानिस भेला हुन्छन्। हामीले एक अर्कासँग कुराकानी गरेका थियौं।”

 

इथियोपियामा व्यावसायिक शिक्षाको विकासलाई अगाडि बढाउनका लागि बेटीले इथियोपियास्थित लुबान कार्याशालाका जिम्मेवार व्यक्ति बन्न आवेदन गरेकी छिन्। लुबान कार्याशालामा विद्यार्थीहरूको रोजगारी सम्भावनाप्रति बेटीलाई गौरब लागेको छ। उनी भन्छिन् “विद्यार्थीहरूमा उत्साह छ। धेरै विद्यार्थीहरूले राम्रो रोजगारी पाएका छन्। केहीले इथियोपियाली एयरलाइन कम्पनी, नागरिक उड्डयन ब्यूरो, रेडियो, टेलिभिजनआदि संस्थानहरूमा रोजगारी पाएका छन्। केहीले प्रविधि कम्पनी,  मोबाइल कम्पनीमा रोजगारी पाएका छन्। केही स्वरोजगार बनेका छन्।”

 

इथियोपियाको व्यावसायिक प्रविधि तालिम कलेजका निर्देशक तेशाले बेरेचाको विचारमा “बेल्ट एण्ड रोड” प्रस्ताव धेरै मुलुकहरूसित सम्बन्धित छ। इथियोपिया एक भाग हो। “बेल्ट एण्ड रोड” प्रारुपमा इथियोपियाले पूर्वी अफ्रिकाको आधारभूत प्रबन्धको निर्माणसँग जोड्न विस्तार गर्दैआएको छ। इथियोपियाको व्यावसायिक प्रविधि तालिम कलेजले रेलमार्गको प्राविधिज्ञलाई तालिम दिँदै आएको छ। साथै कलेजले पनि लुबान कार्याशालाको स्थापना गरेको छ। ती कदमहरू “बेल्ट एण्ड रोड”को सहयोगलाई सबल पार्नका लागि सकारात्मक प्रभाव पर्नेछ।