नयाँ वर्षमा चीनद्वारा पहिलो राजकीय भ्रमणको स्वागत
2023-01-06 15:04:05cri
Share with:

४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनको राजकीय भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग बेइजिङमा भेटवार्ता गर्नुभयो। दुई देशका नेताले चीन-फिलिपिन्स सम्बन्धको महत्वलाई जोड दिॅदै नियमित रणनीतिक सम्पर्क कायम राख्न र व्यावहारिक सहयोगलाई अझ गहिरो बनाउन र समुद्री समस्याहरूलाई सही रूपमा व्यवस्थापन गर्न महत्वपूर्ण सहमति गरेका छन्।

 

मार्कोसले गत वर्ष जुनमा राष्ट्रपति पद सम्हालेपछि आसियान राष्ट्र बाहिर गरेको यो नै पहिलो आधिकारिक भ्रमण हो र यो वर्ष चीनले स्वागत गरेको यो पहिलो विदेशी नेता पनि।

 

हालै वर्षहरूमा चीन-फिलिपिन्स आर्थिक र व्यापारिक सहयोगले ठूलो जीवन्तता देखाएको छ। चीन फिलिपिन्सको सबैभन्दा ठूलो व्यापार साझेदार, आयातको सबैभन्दा ठूलो स्रोत र दोस्रो ठूलो निर्यात गन्तव्य हो। दुई पक्षले कृषि, पूर्वाधार, ऊर्जा र मानवीय तथा सांस्कृतिक आदानप्रदान गरी चार प्रमुख सहयोगका क्षेत्र स्थापना गरेका छन्। चीनको "बेल्ट एण्ड रोड" प्रस्तावले फिलिपिन्सको "बहु निर्माण र राम्रो निर्माण" सँग प्रभावकारी रूपमा मिलाएर झण्डै ४० वटा सरकारी सहयोग परियोजनाहरू उपलब्ध गराएको छ।

 

यस पटक, राष्ट्रपति मार्कोसले ठूलो व्यापारिक प्रतिनिधिमण्डलको साथ चीनको भ्रमण गर्नुभयो, जसबाट फिलिपिन्सले चीनसँगको सहयोग विस्तार गर्न निकै महत्व दिएको प्रतिबिम्बित भएको छ।

 

वार्ताका क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले चीन र फिलिपिन्सबीचको व्यावहारिक सहयोगलाई प्रगाढ बनाउने स्पष्ट रुपरेखा तयार गर्नुभएको छ। चिनियाँ पक्षले फिलिपिन्सको कृषि र ग्रामीण विकासमा मद्दत गर्न, पूर्वाधार र पारस्परिक सम्पर्कलाई ठोस रूपमा प्रवर्द्धन गर्न र उच्च आयातलाई निरन्तरता दिन इच्छुक रहेको प्रस्ताव गरेको छ। यी उपायहरूले फिलिपिन्सको आर्थिक विकासलाई बलियो समर्थन गर्ने छ र दुई देशबीचको सहयोगलाई बलियो बनाउने छ।

 

चिनियाँ दक्षिण सागर समस्या चीन-फिलिपिन्स सम्बन्धमा बेवास्ता गर्न नसकिने मामिला हो। हालैका वर्षहरूमा केही पश्चिमी देशहरूले आफ्नो रणनीतिक महत्व एसिया-प्रशान्तमा केन्द्रित गरेका छन् र चिनियाँ दक्षिण सागर समस्यालाई अस्त्रको रुपमा प्रयोग गर्न खोजिरहेका छन्। तर सामान्यतया भन्नुपर्दा, चीन र फिलिपिन्सले सान्दर्भिक भिन्नताहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन र नियन्त्रण गरेका छन् र उनीहरूलाई चीन-फिलिपिन्स सम्बन्धको समग्र अवस्थामा हानि पुऱ्याउनबाट रोकेका छन्। राष्ट्रपति नियुक्त भएपछि मार्कोसले स्पष्ट रुपमा व्यक्त गर्नुभएको छ कि "समुद्री मुद्दाहरूले सम्पूर्ण फिलिपिन्स-चीन सम्बन्धलाई परिभाषित गर्न अनुमति दिँदैन।"