परिवर्तन भएको कोभिड भाइरस हो तर परिवर्तन नभएको राजनीतिक भाइरस हो
2023-01-07 17:51:10cri
Share with:

हाल अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै चीनको खुकुलो महामारी नियन्त्रण नीतिबाट विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिने संभावना देखिएको भन्दै आलोचना गरेका छन्। उनले चिनियाँहरूलाई आफ्ना देशमा प्रवेश निषेध गर्न पनि विभिन्न मुलुकहरू समक्ष आग्रह गर्नुका साथै हालसम्म विश्वमा फैलिरहेको महामारीको जिम्मेवारी लिन पनि चीनसमक्ष माग गरेका छन्। ‘हामीले फेरि एक पटक उस्तै कुराको सामना गर्नुपर्ने भएको छ, त्यसैले फेरि पनि भाइरसलाई विश्वव्यापी बनाउने कुरालाई  स्वीकार्ने कारण छैन,’ उनले भने।

 

यो कुरा बेतुका मात्रै नभएर राजनीतिक हिसाबले अर्थपूर्ण पनि देखिन्छ। सन् २०२० र २०२१ मा चीनमा महामारी नियन्त्रण अवस्था स्थिर भएको बेलामा अमेरिका लगायत पश्चिमा मुलुकमा महामारी नियन्त्रण विफल भएकोले विभिन्न खालका अत्यधिक संक्रामक भाइरस देखा परेकाम थिए। गत वर्ष चीनमा फैलिएको महामारी पनि विदेशबाट पेस भएको थियो र विस्तारै नियन्त्रण गर्न नसकिने अवस्थासम्म विकास भएको थियो। वर्तमान चीनमा फैलिएको बीए ५ भाइरस महिनौअघि अमेरिकामा लोकप्रिय भएको प्रमुख भाइरस थियो र शाङहाइ, हाङचौमा भर्खरै देखिएको एक्सबीबी १.५ भाइरस पनि अमेरिकामा फैलिइरहेको भाइरस हो। त्यसैले चीन नै अमेरिका लगायत पश्चिमा मुलुकले महामारी नियन्त्रण नगरेबाट पीडित मुलुक हो। अमेरिकाले चीनमाथि यसरी झूटो निन्दा गरेबाट आफ्नो राजनीतिक भाइरस फैलाउने धृष्टता गरेको स्पष्टै देखिन्छ।

 

महामारी फैलिएको ३ वर्षमा चीनको महामारी नियन्त्रण उपलब्धि ठूलो र स्पष्ट छ। सन् २०२०को सुरूमा महामारी फैलिएपछि चीनले सबभन्दा कडा नियन्त्रण नीति चालेको थियो र विश्वलाई महामारी नियन्त्रण गर्न समय प्रदान गर्नुका साथै भाइरस विश्वका अरू क्षेत्रमा फैलिने गतिलाई घटाएको थियो। साथै खुला, पारदर्शी र जिम्मेवारीपूर्वक तत्काल विश्व स्वास्थ्य संगठन, सम्बन्धित मुलुक र क्षेत्रीय संगठनलाई महामारीबारेको सूचना पठाएको थियो। तत्काल विश्वसँग भाइरसको जीन अनुक्रम शेयर गरेको थियो साथै तत्काल उपचार र नियन्त्रणको कार्यक्रम पनि सार्वजनिक गरेको हुनाले अन्तर्राष्ट्रिय समुदायको सक्रिय मुल्याङ्कन पनि पाएको हो। यसबाहेक चीनले आफूसमक्ष महामारी नियन्त्रणको ठूलो दबाव देखिएको अवस्थामा सक्दो प्रयास गरी अन्तर्राष्ट्रिय समूहलाई उद्धार गरेको छ। चीनले विश्व स्वास्थ्य संगठनलाई दुई खेप गरी जम्मा ५ करोड अमेरिकी डलर उद्धार प्रदान गरेको छ, १५० वटा मुलुक र ४ वटा अन्तर्राष्ट्रिय संगठनलाई २८३ खेप महामारी नियन्त्रण सामग्री प्रदान गरेको छ। २००भन्दा बढी मुलुक र क्षेत्रलाई महामारी नियन्त्रण सामग्री प्रदान गरेको छ, १२०भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्बभन्दा बढी डोज खोप प्रदान गरेको छ, २० भन्दा बढी मुलुकलाई प्रविधि हस्तान्तरण गरेको छ र खोप उत्पादनमा  सहयोग गरेको छ। त्यो सबै  चीनले विश्व महामारी नियन्त्रणका लागि गरेको योगदान हो र ठूलो मुलुकको रूपमा वहन गरेको जिम्मेवारी पनि हो। हाल अत्यधिक संक्रामक ओमिक्रोन भाइरसको सामना गर्न चीनले पुरानो नियन्त्रण नीतिलाई खुकुलो पारेर नयाँ नीति जारी गरेको छ। त्यस्को प्रकृति भाइरस परिवर्तनको विशेषताको आधारमा संशोधन गरेको वैधानिक नियन्त्रण नीति हो। तर अमेरिकाबाट सुरूवातीमै प्रहसन देखाइएको छ।

 

अझै हेर्दै जाउँ, अमेरिकाले सर्वसाधारणको जीवनरक्षालाई बेवास्ता गरेर महामारी नियन्त्रणको लत्तो छोडेको मात्र नभई महामारी नियन्त्रणलाई राजनीतिक कार्डको रूपमा प्रयोग गरिरहेको छ। चीनले कडा नीति चालेर नागरिकको स्वास्थ्य र सुरक्षाको संरक्षण गरेको बेलामा अमेरिकाले चीनलाई खुल्नका लागि दबाब दिइरहेको थियो र त्यसो नभए स्वतन्त्रता र मानवअधिकार हनन भएको भनेर कराइरहेको थियो। तर चीनको महामारी नियन्त्रण नीति खुकुलो भएपछि अमेरिकाले चीनको महामारीले अरू मुलुकमाथि प्रभाव पर्ने प्रचार गर्न थालेको छ र प्रवेशमै प्रतिबन्ध लगाउने जस्तो नीति अघि सारेको छ। सबैलाई अचम्म लागेको छ कि कोभिड भाइरसभन्दा राजनीतिक भाइरस अझ भयानक छ।

 

महामारी फैलिएको ३ वर्षयता भाइरस परिवर्तन भइरहन्छ तर सबै मिलेर त्यसलाई जित्न सकिनेछ तर राजनीतिक भाइरस नि?