राजनीति र कानूनी कार्यबारे राष्ट्राध्यक्ष सी चिनफिङ्द्वारा महत्वपूर्ण निर्देशन
2023-01-08 16:36:10cri
Share with:

केन्द्रिय राजनीति र कानूनी कार्य बैठक ७ र ८ तारिख पैचिङमा आयोजना भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति मातहत राजनीति तथा कानून समितिका अध्यक्ष छन वनछिङले राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशनबारे जानकारी दिनुभयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाल राजनीति र कानूनी कार्यबारे महत्वपूर्ण निर्देशन गरी राजनीति र कानून कार्य पार्टी र देश कार्यको महत्वपूर्ण अंश रहेको दोहोर्याउनुभयो।

 

सीले सीपीसी २०औँ महाधिवेशनको भावनाको व्यापक रूपमा पालना गर्नुका साथै राजनीति तथा कानूनी कार्यमा पार्टीको पूर्ण नेतृत्वमा अडिग रहनुपर्ने कुरामा जोड दिनुभयो। विभिन्न तहका पार्टी समितिले राजनीति तथा कानूनी कार्यको नेतृत्वलाई अघि बढाएर राजनीति तथा कानूनी कार्यको आधुनिकीकरण गर्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।

 

चीनको जन प्रहरी दिवस आउन लागेको बेला सी चिनफिङले सीपीसी केन्द्रिय समितिको तर्फबाट समस्त चीनका जन प्रहरीलाई हार्दिक शुभकामना ज्ञापन गर्नुका साथै सबै जनप्रहरी, पार्टी र जनताको वफादार गार्ड हुनसक्ने आशा आफूले लिएको व्यक्त गर्नुभयो।