महामारी रोकथाम हुँदापनि अरूमाथि दोषारोपण गर्दै बस्ने अमेरिकी अनुहार कहाँबाट प्रेरित होला?
2023-01-08 16:30:01cri
Share with:

हाल अमेरिकामा श्वासप्रश्वासको सिन्सिटियल भाइरस, कोरोना, इन्फ्लुएन्जा र अन्य महामारीहरू देखापरेका छन्। यूएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसको तथ्याङ्क अनुसार सन् २०२३ को पहिलो हप्तामा अमेरिकाभरका अस्पतालहरूको आईसीयू अकुपेन्सी दर ७८.९९ प्रतिशत र अस्पतालको बेडको अकुपेन्सी दर ७९.९१ प्रतिशत पुगेको छ। "द वाशिङ्टन पोस्ट" ले भनेको छ कि "अमेरिकी चिकित्सा प्रणाली कठिन अवस्थामा छ।"

अविश्वसनीय के छ भने अमेरिका विश्वमा सबैभन्दा विकसित चिकित्सा स्तर भएको देश हो। कोरोना महामारीको तीन वर्षपछि चिकित्सा प्रणाली अझ प्रभावकारी र परिपक्व हुनुपर्छ भन्ने तर्क छ, तर वास्तविकता ठीक उल्टो छ। केही विश्लेषणका अनुसार समस्याको जरा भनेको, अमेरिकी सरकारले कहिल्यै पनि व्यावहारिक समस्याहरू समाधान गरेको छैन, तर महामारीलाई राजनीतिकरण र हतियारको रुपमा अपनाउन प्रयास गर्दै आएको छ। अमेरिकी राजनीतिज्ञहरूले भारी घरेलु महामारीलाई ध्यान नदिई चीनलाई पटक पटक दोषारोपण मात्रै गरेका छन्। उनीहरूको साहस र आत्मविश्वास कहाँबाट आयो?

विगत तीन वर्षमा चीनले महामारीको गम्भीर अवधिमा कडा रोकथाम र नियन्त्रणका नीतिहरू लागू गर्दै विश्वव्यापी महामारीका पाँचवटा प्रभावलाई सहेको छ जसबाट गम्भीर रोग र मृत्युलाई धेरै कम गरेको छ। विशेष गरी, चीनको ठूलो र गम्भीर बुढ्यौलीयुक्त जनसंख्या छ। छोटो अवधिमा यो अपरिहार्य छ कि संक्रमित व्यक्तिहरूको संख्या बढ्नेछ र चिकित्सा उपचारको माग बढ्नेछ। तर चीन सरकारले एक मिनेट पनि खेर फालेन र सधैं सक्रियताका साथ समस्या समाधान गरेको छ।

यसको विपरीत, आफ्नै जनताको पीडाप्रति बेवास्ता गर्ने अमेरिकी राजनीतिज्ञहरूले के चाहिँ गरेका छन् त?