वसन्त चाडको पारवहन सम्बन्धी श्रृङखलाबद्ध रिपोर्ट
2023-01-09 11:05:33cri
Share with:

चालु वर्षको वसन्त चाडमा तपाईँको घर फर्कने योजना छ कि? वसन्त चाड चीनको सबैभन्दा महत्वपूर्ण परम्परागत चाडपर्व भएकोले आफ्नो घर अथवा जन्मथलो फर्केर परिवारजनसँग भेटघाट गर्नु नै चिनियाँ जनताको नियमित प्रचलन हो। त्यसबाट चिनियाँहरूको घनिष्ट र गहिरो भावना समेटिएको देखिन्छ। जनवरी ७ तारिखदेखि चालु वर्षको वसन्त चाडको पारवहन पनि शुरू भएको छ। त्यस पारवहन कार्य जम्मा ४० दिनको हुने छ र फेब्रअरी १५ तारिखसम्म चल्ने छ।

यस वर्षको वसन्त चाडको पारवहन महामारी नियन्त्रण र प्रतिरोध कार्य नयाँ चरणमा प्रवेश भएपछिको पहिलो वसन्त चाडको पारवहन हो। प्रारम्भिक अनुमान अनुसार, वसन्त चाडको अवधिमा यात्रुको कुल आवत जावत मात्रा झण्डै २ अर्ब ९५ करोड पुग्ने छ र गत वर्षको सोहि अवधिको तुलनामा ९९.५ प्रतिशतले वृद्धि हुने छ। सन् २०१९ को सोहि अवधिको तुलनामा त्यसको ७०.३ प्रतिशत हुने अनुमान छ।