एकताबद्ध सहकार्य नै महामारीलाई जित्ने सबैभन्दा सशक्त हतियार
2023-01-09 14:25:55cri
Share with:


नयाँ कोरोनाभाइरस महामारी फैलिएको ३ वर्ष भइसकेको छ। यो लगभग १ शताब्दीयता मानवजातिको इतिहासमा सबैभन्दा गम्भीर वैश्विक सार्वजनिक आकस्मिक स्वास्थ्य घटना रहेको छ।

 

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्याङकका अनुसार, बितेका ३ वर्षमा विश्वभर नयाँ कोरोनाभाइरस महामारीबाट संक्रमित निश्चित रोगीको संख्या ६६ करोडभन्दा बढी नाघेको देखिन्छ। यसबाहेक, नयाँ कोरोनाभाइरस महामारीबाट प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा ज्यान गुमाउनेहरूको संख्या १ करोडभन्दा बढी पुगेको छ।


मुख्य कुरा के छ भने यस महामारीले मानवजातिमाथि ल्याएको नोक्सानी निकै भयङ्कर छ। तैपनि सय वर्षसम्म बिरलै देखिने यस महामारीबाट एकताबद्ध भएर सहकार्य गर्नु नै मानवजातिले महामारीलाई जित्ने सबैभन्दा सशक्त हतियार रहेको प्रमाणित भएको छ।

 

महामारीको नियन्त्रण र प्रतिरोध गर्नका लागि वैज्ञानिक धारणा लिएर त्यसको सामना गर्नुपर्छ। महामारीलाई राजनीतिकरण र बङ्ग्याउन खोज्ने ती कुकर्महरूले महामारीको अन्तर्राष्ट्रिय प्रतिरोधात्मक सहकार्यलाई ध्वस्त पार्नुका साथै विश्वका विभिन्न मुलुकका जनतालाई अझ ठूलो हानी पुर्याउने छ।


वैश्विक सार्वजनिक आकस्मिक स्वास्थ्य घटनाको सामना गर्दा हामीले विश्वव्यापी चुनौतीको सामना गर्ने सशक्त शक्तिलाई जम्मा पार्नुका साथै हातमा हात मिलाउँदै मानवजातिको स्वास्थ्य समुदायको निर्माण गर्नुपर्छ।