सोमबारदेखि चितवन महोत्सव
2023-01-09 16:03:33cri
Share with:

चितवन र सो आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४ औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ। चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धनमा सुरु हुन लागेको सो महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ। 

महोत्सव मूल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले  महोत्सवमा ४५० स्टल रहने र २५ करोड रुपियाँ बराबरको कारोबार हुने बताउनुभयो।