केही अमेरिकीहरूबाट चिनियाँ अर्थतन्त्रबारे अझ नकारात्मक प्रचार गरे पनि चीनमा विदेशी लगानी झन् वृद्धि हुँदै
2023-01-10 16:29:56cri
Share with:

जनवरी ८ तारिखदेखि चीनको महामारी रोकथाम तथा नियन्त्रण नयाँ चरणमा प्रवेश गरेको छ। जसले विश्वका लगानीकर्तालाई बलियो विश्वास दिएको छ। रोइटर्सले अर्थशास्त्रीको धारणालाई उद्धृत गर्दै बलियो आर्थिक पुनर्त्थान अगाडि रहेको उल्लेख  गरेको छ। चिनियाँ तथा विदेशीबीचको आदानप्रदान र व्यापारिक यात्रा छिटै पुनःसुरू हुने धेरै विदेशी वाणिज्य संस्थाले व्यक्त गरेका छन्। सम्बन्धित परियोजना पुनर्सुरू गर्नुका साथै नयाँ लगानी मौका खोज्नका लागि धेरै विदेशी व्यवसायले उच्चतह चीनको भ्रमण योजना बनाउन थालेका छन्।

विगत ३ वर्षमा केही अमेरिकीहरूले सधै अनौठो धारणा व्यक्त गरेका थिए। महामारी गम्भीर भएको अवधिमा चीनले कडा रोकथाम तथा नियन्त्रण नीति लागू गरेको थियो। उनीहरूले विदेशी लगानीकर्ताको विश्वास घटेर चीनसँग कथित खुल्न अनुरोध गरेका थिए। चीनले समय तथा परिस्थितिअनुसार रोकथाम कदमको सुधार गर्दा उनीहरूले चीनको महामारीबाट विदेशी व्यवसायलाई खतरा दिइने प्रचार गरेका छन्। उनीहरूको उदेश्य उद्योग शृङ्खला चीनबाट सार्नु हो। यो दोहोरो मापदण्ड हो। जसबाट केही अमेरिकीले चीनमाथि गहिरो पूर्वाग्रह र चीनको विकास रोक्ने लक्ष्य देखाएका छन्।

उनीहरू ३ वर्षसम्म जतिसुकै उत्तेजित भए पनि लक्ष्यको साकार गर्न सकेका छैन। तथ्याङ्कका अनुसार, सन् २०२० चीनले प्रयोग गरेको विदेशी पूँजी सन् २०१९ भन्दा ६.२ प्रतिशतले बढेको छ। सन् २०२१ यो वृद्धि १४.९ प्रतिशत पुगेर पहिलोपटक दश खर्ब चिनियाँ युआनभन्दा बढी पुग्दै नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। सन् २०२२ का पहिला ११ महिनामा चीनले प्रयोग गरेको विदेशी पूँजी सन् २०२१ को भन्दा बढी भएको छ।

जनवरी १ तारिखदेखि “विदेशी लगानी प्रोत्साहन गर्ने व्यवसाय नामावली २०२२” औपचारिक रूपमा कार्यान्वयन भएको छ। नयाँ नामावलीमा थपिएका विषय केही वर्षयता सबैभन्दा बढी छन्। जसले चीनमा विदेशी पूँजीलाई अझ व्यापक अवसर र अझ प्रशस्त्र नाफा फिर्ता लाने सुविधा दिएको छ।

धेरै अन्तर्राष्ट्रिय अर्थतन्त्र संस्थाले चालू वर्ष चीनको अर्थतन्त्र समग्र रूपमा बढ्ने अनुमान गरेका छन्। तर अमेरिकाको अर्थतन्त्रबारे मन्दी छाउने अर्थशास्त्री तथा लगानीकर्ताको अनुमानमा साझा मतैक्य छ।  त्यसैले केही अमेरिकी राजनीतिज्ञले आफ्नो मामिलाको राम्ररोसँग सञ्चालन गर्नुपर्छ। राजनीतिक उपायले आर्थिक नियमको नियन्त्रण गर्न सक्दैन। अरूको बाटोमा बाधा दिन खोजेमा अन्त्यमा आफैँ खाल्डामा फसिन्छ।