“सन् २०२३ वसन्त चाडको साङ्गीतिक गाला” को तेस्रो अभ्यास सम्पन्न
2023-01-10 10:38:28cri
Share with:


जनवरी ९ तारिख चाइना मिडिया ग्रुपको “सन् २०२३ वसन्त चाडको साङ्गीतिक गाला” को तेस्रो अभ्यास सम्पन्न भएको छ। खुसी, सौभाग्य र सुखद वातावरणमा आधारित सो साङ्गीतिक गाला वसन्त चाडको अवसरमा दर्शकसमक्ष देखाइने छ।

 

गत डिसेम्बर २९ तारिख सन् २०२३ वसन्त चाडको साङ्गीतिक गालाका लागि विशेषत: सिर्जित गीत अर्थात् नमस्कार, नचिनेको मान्छे शीर्षकको गीतलाई केन्द्रीय टेलिभिजनको नयाँ मिडिया चौतारोमार्फत सार्वजनिक गरिएपछि भिडियो हेर्ने मात्रा ६ करोडभन्दा बढी र सम्बद्ध माइक्रोब्लग पढ्ने मात्रा ३० करोडभन्दा बढी पुगेको छ।

 

सो साङ्गीतिक गालाको तेस्रो अभ्यासमा साँचो जीवनबाट सिर्जित विभिन्न प्रकारका कार्यक्रमहरू देखाइएको छ। यसका अतिरिक्त, विविध पेशा र काममा संलग्न सामान्य मानिसहरू पनि साङ्गीतिक गालाको अभिनयमा संलग्न भएका छन्। त्यसबाट “जनताको साङ्गीतिक गाला” भन्ने मुख्य नारा स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।