सी चिनफिङः चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू हित समूह र अधिकार समूहका प्रवक्ता बन्ने कुराको दृढताकासाथ प्रतिरोध गर्नुपर्छ
2023-01-10 10:12:17cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रिय अनुशासन निरीक्षण आयोगको दोस्रो पूर्ण बैठक जनवरी ९ तारिखबाट पैचिङमा शुरू भएको छ।

सो बैठकमा महासचिव सी चिनफिङले भ्रष्टाचार विरोधी परिस्थिति अहिले पनि कडा र जटिल भएको तथा भ्रष्टाचार विरोधी कार्यमाथि निरन्तर दबाव रहेको बताउँदै राजनैतिक र आर्थिक समस्या जोडिएका भ्रष्टाचारको प्रतिरोध गर्न, पार्टीका नेता र कार्यकर्ताला हित समूह तथा अधिकार समूहका प्रवक्ता बन्न प्रतिरोध गर्न भन्नुभएको छ।

मुख्य क्षेत्रको निगरानी संयन्त्रको सुधार गर्न र नियमको निर्माण गर्न जोड दिँदै महासचिव सीले भ्रष्टाचार विरोधी संयन्त्रलाई पूर्णता दिलाउने, नयाँ युगमा कर्तव्यनिष्ठ संस्कृतिको स्थापना गर्ने, घूस दिने व्यवहारमाथि सजाय दिने कानून नियमलाई पूर्णता दिलाउने बताउनुभएको छ।