अमेरिका नै महामारीविरुद्ध विश्वव्यापी लडाईंको सबैभन्दा ठूलो बाधक
2023-01-11 16:43:24cri
Share with:

"मेडागास्करका होटलहरू चिनियाँ पर्यटकहरूका लागि तयार छन्!" "चिनियाँ पर्यटकहरू 'इन्द्रेणी देश' दक्षिण अफ्रिकाको भ्रमण गर्न आउने आशा गर्दछौँ"... चीनमा कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण नयाँ चरणमा प्रवेश भएसँगै धेरै मुलुकहरूले यसको स्वागत गरेका छन्।

तथापि, केही व्यक्तिले अन्तर्राष्ट्रिय मूलधारको जनमत विपरीत महामारीविरुद्ध विश्वव्यापी संयुक्त लडाइँमा अवरोध गरिरहेका छन्।

हाल अमेरिकामा चिनियाँ पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अमेरिकाले चीनलाई खोप उपलब्ध गराउन इच्छुक रहेको जनाएको छ। अमेरिकाको यस्तो पाखण्डी द्वैध प्रदर्शनलाई अमेरिकाले पटक पटक गरी देखाइसकेको छ। बितेका ३ वर्षमा अमेरिका स्पष्ट रूपमा महामारीविरुद्धको लडाइँमा विश्वको पहिलो असफल देश भएको छ। तर आफूलाई विश्वव्यापी महामारीविरुद्धको लडाइँको नेता र समर्थकको रूपमा प्रस्तुत गर्न अमेरिका निकै मेहनत गरिरहेको छ।

बितेका ३ वर्षमा कोरोनाभाइरसका लगभग सबै भेरियन्ट र तिनका शाखाहरू अमेरिकामा फैलिरहेका छन्। यद्यपि, अमेरिकी सरकारले निष्क्रिय रूपमा महामारीको सामना गरेकाले यस भाइरसलाई विश्वभर फैलन दिएको छ। जसले विश्वभरका मानिसहरूको ज्यान र स्वास्थ्यमा ठूलो धम्की दिएको छ। उल्लेखित अवस्था नै कोरोना भाइरसको विषाक्त र मृत्युदर सबभन्दा उच्च भएको समयमा भएको हो। विश्वव्यापी महामारीको फैलावटको जिम्मेवार अमेरिकाले छोड्न सक्दैन।

हाल, अमेरिकामा नयाँ स्ट्रेन एक्सबीबी.१.५ लागेकाहरूको संख्या कूल संक्रमितको ४० प्रतिशतभन्दा बढी पुगेको छ र अमेरिकामा सबैभन्दा छिटो बढ्दो स्ट्रेन बनेको छ। अमेरिकाले डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय समुदायसँग समयमै र पारदर्शी तरिकाले महामारीको सूचना र डेटा  बाँडफाँड गर्नुपर्छ। साथै महामारीको फैलावट रोक्ने व्यावहारिक र प्रभावकारी उपायहरूको प्रयोग गर्नुपर्छ।

अमेरिकासँगको दाँजोमा चीनले विगत ३ वर्षमा १ अर्ब ४० करोडभन्दा बढी मानिसको ज्यान र स्वास्थ्यको प्रभावकारी रक्षा गरेको र महामारीको प्रतिरोध गर्ने सहकार्य पनि अन्तर्राष्ट्रिय समुदायसँग जिम्मेवारीपूर्वक गरेको छ। विगत ३ वर्षमा चीनले डब्लुएचओसँग ६० भन्दा बढी पटक प्राविधिक आदानप्रदान गरेको छ। यस्तो सहकार्य गत महिनामै चीनले ४ पटक गरेको छ। ग्लोबल इन्फ्लुएन्जा सेयरिङ डाटाबेसमार्फत संक्रमित नयाँ रोगीहरूको भाइरसको जीन डेटा पनि बाँडेको छ। हालसम्म चीनले १५३ देश र १५ अन्तर्राष्ट्रिय संगठनलाई अर्बौं महामारी विरोधी सामग्री प्रदान गरेको छ र १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संगठनलाई २२० करोड भन्दा बढी डोजको भ्याक्सिन उपलब्ध गराएको छ।

विश्वव्यापी महामारीविरुद्धको लडाइँमा योगदानकर्ता र विनाशकारी को को हुन् भन्ने कुरा विश्वका विभिन्न मुलुकका मानिसहरूको मनमा स्पष्ट नै छ।