घाँसेमैदानमा गाईगोरु चराउने पशुपालक
2023-01-11 14:20:33CRI
Share with:

चीनको भित्री मङ्गोलियाको खर्छिङ घाँसेमैदानको प्राकृतिक वातावरण निकै राम्रो भएकाले गाईगोरु र भेडाबाख्राहरू जताततै देख्न पाइन्छ। उ छाङ शङ नामका पशुपालक बाल्यकालदेखि नै त्यसै घाँसेमैदानमा बस्दै आउनुभएको छ।

 

सन् २०२२ मा बारम्बार भयङ्कर बाढी आएकाले पशुपालकको मकै खेतीलाई नष्ट गरेको छ। यसकारण उहाँलाई धेरै चिन्ता लागेको छ। तैपनि छोरा उ खाइ च्युन विश्वविद्यालयमा भर्ना भएकाले उहाँलाई एकदमै खुसी लागेको छ। तर विश्वविद्यालयमा प्रवेश गर्नका लागि खर्च चाहिन्छ। यस्तो कठिनाईको सामना पशुपालक उले के कसरी गर्नुहुनेछ? वृत्तचित्र हेर्नुहोस्।