विदेशमा आरएमबीको प्रयोगको विस्तार गरिने
2023-01-12 16:12:51cri
Share with:

चीनको वाणिज्य मन्त्रालय र चिनयाँ जन बैंकले हालै संयुक्त रूपमा जारी गरेअनुसार, बैदेशिक आर्थिक र व्यापार उद्यमहरूले चिनियाँ मुद्रा आरएमबीको अन्तर्देशीय प्रयोग(सीमापार प्रयोग) विस्तार गर्न र व्यापार तथा लगानीको सहजीकरणलाई बढाउन थप समर्थन दिने सूचना वितरण गरिएको छ।

उक्त सूचना वमोजिम, सर्कुलरमा सबै प्रकारका सीमापार व्यापार र लगानीमा आरएमबीद्वारा सेटलमेन्ट गर्ने कामलाई सहज पार्दै बैंकहरूले थप सुविधाजनक र कुशल सेटलमेन्ट सेवा प्रदान गर्ने समर्थन गरिनेछ। आरएमबीद्वारा विदेशमा ऋण दिने बैंकहरूको कार्यलाई प्रोत्साहित गरिनेछ। स्वतन्त्र व्यापार क्षेत्र, हाइनान स्वतन्त्र व्यापार बन्दरगाह र विदेशी आर्थिक तथा व्यापार सहकार्य क्षेत्रहरू लगायत विभिन्न खुला प्लेटफर्महरूको भरमा परी आरएमबीको सीमापार प्रयोगलाई बढाउने काम हुनेछ। लेनदेनलाई मिलाउने, वित्तीय योजना र उद्यमहरूको जोखिम व्यवस्थापन लगायतका सेवा प्रदान गर्दै प्रस्तुत बिमा प्रत्याभूतिलाई सुदृढ पार्नुका साथै सिमापार आरएमबीको मिलिजुली वित्तीय सेवाहरूको सुधार हुने छ।