चिनियाँ पर्यटकद्वारा विश्व पर्यटन बजारलाई जिवन्तता प्रदान
2023-01-12 16:17:01cri
Share with:

चिनियाँ बहिर्गमन नीतिको समायोजनपछि जनवरी ९ मा थाइल्याण्डमा प्रवेश हुने चीनको पहिलो उडान थाइल्याण्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। थुप्रै मिडियाकर्मी र थाई अधिकारीहरूले पर्खिरहेको देखेर क्याबिनबाट बाहिर निस्केकी चिनियाँ पर्यटक येच छक्क परिन्। उनले एक जना थाई अधिकारीबाट माला लाएर आफूलाई "स्टार जस्तो महसुस भएको" बताइन्। पछि उनले थाहा पाइन कि थाइल्याण्डका उपप्रधानमन्त्री अनुतिन चार्न भिराकुलले आफूलाई माला लगाउनु भएको रहेछ। प्राप्त जानकारी अनुसार, सोही दिन, थाइल्याण्डका धेरै विभागहरूले उच्च-स्तरीय स्वागत टोलीको गठन गरेर विमानस्थलमा महामारीपछि भ्रमण गर्न आएका चिनियाँ पर्यटकहरूको पहिलो ब्याचलाई स्वागत गरेको साथै महामारी रोकथाम स्वास्थ्य झोला पनि दिएका छन्। थाइल्याण्डको राष्ट्रिय पर्यटन बोर्डका निर्देशकले चिनियाँ भाषामा तटस्थानमै रहेका चिनियाँ पर्यटकहरूसँग भन्नुभयोः 'चीन र थाइल्याण्ड एक परिवारका हौँ।

चीनले आफ्नो महामारी रोकथाम र नियन्त्रण नीतिहरू अनुकूलन गरेदेखि व्यवस्थित तरिकाले विदेशमा पर्यटन गर्ने काम पुन: सुरु गरेपछि, विश्व पर्यटन बजारले उत्साहपूर्वक प्रतिक्रिया दिएको देखिन्छ। धेरै देशहरूले मुख्य प्लेटफर्महरूमा चिनियाँ पर्यटकहरूका लागि यसरी जनाएका छन्।  चीनका लागि फ्रान्सेली दूतावास, स्पेनी राष्ट्रिय पर्यटन बोर्ड र माल्दिभ्सको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जनाउँदै चीनले प्रवेश र बहिर्गमनका नीतिहरूमा गरेको समायोजनको स्वागत गरेको साथै चिनियाँ पर्यटकहरूले जतिसक्दो चाँडो यात्रा गर्ने आशा व्यक्त गरेका छन्। कम्बोडियाका प्रधानमन्त्री हुनसेनले चालु वर्ष २० लाख चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाउनुभएको छ। साथै केही देशहरूले चिनियाँ पर्यटकहरूलाई आकर्षित गराउने विविध तरिकाहरू पनि ल्याएका छन्: दुबई तथा संयुक्त अरब इमिरेट्सले जनवरी १४ देखि "हर्षोल्लास बसन्त चाड" परेडको पुन: सुरु गर्नेछ भने सन्२०२३ मा पाकिस्तान र चीनले 'चीन–पाकिस्तान पर्यटन आदानप्रदान वर्ष' मनाउनेछन्। दक्षिण अफ्रिका पर्यटन बोर्डले चीनमा शृङ्खला पर्यटन प्रोमोसन कार्यक्रमहरूको आयोजना गर्दैछ। इन्डोनेसिया लगायतका अन्य देशहरूले विशेष गरी चिनियाँ भाषा बोल्ने कर्मचारीहरूको व्यवस्था गरेका छन्। बाली टापुमा महामारीको कारणले स्थगित चिनियाँ रेस्टुरेन्टहरू फेरि खोलिएको साथै स्थानीय ट्राभल एजेन्सीहरूले एकपछि अर्को गरी बसन्त चाडमा पर्यटन आकर्षण कार्यक्रमहरू पनि बनाएका छन्।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार, महामारीअघि चीन नै विश्व पर्यटनको प्रमुख स्रोत थियो र सन् २०१९ मा विदेशमा गएका चिनियाँ पर्यटकहरूको संख्या करिब १५ करोड थियो। चीनमा महामारी रोकथाम र नियन्त्रणका उपायहरूको अनुकूलन र समायोजनपछि प्रवेश र बहिर्गमन प्रक्रियाहरूलाई सहज पारिएको साथै विदेशी पर्यटनको पुनः शुरू भएकोबाट विश्वव्यापी पर्यटन विकासलाई बढाउन, आर्थिक पुनरुत्थान गर्न र चीनको गैर सरकारी बैदेशिक आदानप्रदानको प्रवर्द्धन गर्नका लागि हितकर हुने विश्वास अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।

पहाड र नदी जोडिने हाम्रो छिमेकी नेपालको लागि पनि चिनियाँ पर्यटकहरू सबैभन्दा ठूलो स्रोतहरूमध्येको एक रहँदै आएको छ। पछिल्लो समयमा हाम्रा दुई असल छिमेकीबीच सुखबर आइरहेका छन्। सन् २०२३ को नयाँ वर्षको सुरुआतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ र जनवरी १७ देखि  पैचिङ-काठमाडौँ प्रत्यक्ष उडान पुनः सञ्चालन हुँदै छ। जसले नेपाली बजारमा चिनियाँ पर्यटकहरूको प्रवेशको लागि बलियो जग बसालेको छ। हालै चीन र नेपालको भविष्यको आशा राख्दा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले भन्नुभएजस्तै, दुई देशका जनताका लागि थप हित कल्याणको लागि सबै क्षेत्रका नेपाली साथीहरूसँग घनिष्ट रूपमा काम गरोस्।

केही दिनपछि चिनियाँ परम्परागत नयाँ वर्षको आशिर्वाद लिएर ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल आउँदै छन्। नेपाली मित्रहरु, तपाईं तयार भयो कि?