गत वर्षको डिसेम्बरमा चीनको सीपीआईको बृद्धि १.८ प्रतिशत
2023-01-12 16:14:19cri
Share with:

सन् २०२२ को डिसेम्बरमा चीनको राष्ट्रिय उपभोक्ता मूल्य गत वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको छ। साथै खाद्य वस्तुको मूल्य ४.८ प्रतिशतले र गैरखाद्य वस्तुको मूल्य १.१ प्रतिशतले बढेको छ। उपभोग्य वस्तुको मूल्य २.६ प्रतिशत र सेवाको मूल्य ०.६ प्रतिशतले बढेको छ। उक्त जानकारी चीन राष्ट्रिय तथ्याङ्क व्यूरोले जनाएको हो।

थाहा भए अनुसार, सन् २०२२ को सम्पूर्ण वर्षका लागि, राष्ट्रिय उपभोक्ता मूल्य अघिल्लो वर्षसँगको तुलनामा २.० प्रतिशतले वृद्धि भएको छ।