नयाँ वर्षमा नयाँ चिनियाँ परराष्ट्र मन्त्रीको पहिलो अफ्रिका भ्रमण
2023-01-12 10:25:29cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्री छिन काङ हाल अफ्रिका भम्रणमा हुनुहुन्छ। जनवरी ९ देखि १६ तारिखसम्म इथियोपिया, गाबोन, अंगोला, बेनिन, इजिप्ट, अफ्रिकी संघ र अरब लिगको मुख्यालयको निमन्त्रणामा उक्त देश र संघ, संस्थाको भ्रमणमा रहनुभएको हो। यो भ्रमण लगातार ३३ वर्षदेखि चिनियाँ परराष्ट्रमन्त्रीको अफ्रिका भ्रमण हो।

इथियोपिया यस भ्रमणको पहिलो मुलुक हो। यो भ्रमणमा दुई पक्षले दुई देशका विदेश मन्त्रालयहरू बीचको राजनीतिक परामर्श सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। चीनले अफ्रिकाको शान्तिपूर्ण विकासलाई प्रवर्द्धन गर्न सकारात्मक योगदान दिने छिन काङले बताउनुभयो।

गत वर्षको सुरूमा चीनले अफ्रिकाको शान्तिपूर्ण विकासको प्रस्ताव प्रस्तुत गरेको थियो। यो प्रस्तावले अफ्रिकाका देशहरूलाई ठूलो मुलुकहरूसँगको भूराजनीतिक प्रतिस्पर्धाबाट मुक्त हुन साथै स्वतन्त्र रूपमा सुरक्षा, विकास र सुशासनको सामना गर्न मद्दत गर्ने लक्ष्य राखेको छ। छिन काङले सो प्रस्ताव रणनीतिक स्थानबाट महत्त्वपूर्ण भएको र यसले अफ्रिका र मध्यपूर्वको शान्ति र स्थिरतामा ठूलो प्रभाव ल्याउने पनि औँल्याउनुभयो।