चिनियाँ मछुवारको जीवन
2023-01-13 09:05:01CRI
Share with:

५१ वर्षीय ह्वाङ शुलोङले दक्षिणपूर्वी चीनको फुच्यान प्रान्तको तटमा २० वर्षभन्दा बढी समयसम्म ठूलो पहेँलो माछा क्रोकर पालन गर्दै आएका छन्। ह्वाङ शुलोङको परिवार माछा मार्ने पेशा गर्छ र यो समुद्री क्षेत्रमा राखिने ठूला जालहरुमा उनीहरू भर पर्ने " समुद्री खेतहरू" हुन्।

समुद्री पर्यावरणको संरक्षण गर्न, स्थानीय सरकारले समुद्री माछापालन गर्नेहरूको लागि राफ्टहरूको सुधार गरेको छ र प्राविधिक समस्याहरू समाधान गर्ने विशेष वैज्ञानिक र प्राविधिज्ञहरू पनि पठाएको छ। फसल भित्र्याउने समय आउँदा ह्वाङ शुलोङले एकै रातमा प्राप्त पहेँलो माछा क्रोकर बेचेर करिब १० लाख युआन कमाए।
जालभित्र माछा पालन प्रविधिको सुधारले चिनियाँहरूको भान्सामा ताजा र स्वादिष्ट परिकार थपिएको मात्र नभई, समुद्री पर्यावारणीय वातावरणको संरक्षण पनि भएको छ। साथसाथै ह्वाङ शुलोङको जीवनमा अनन्त सम्भावनाहरू पनि भेटेका छन्।