सन् २०२२ मा चीनको मालसामानको व्यापारिक आयात निर्यातको कुल मात्रा ४२० खर्ब ७ अर्ब आरएमबी
2023-01-13 11:09:34cri
Share with:


सन् २०२२ चीनको मालसामानको व्यापारिक आयात निर्यातको कुल मात्रा ४२० खर्ब ७ अर्ब चिनियाँ युआन पुगेको छ। जुन मात्रा सन् २०२१ को तुलनामा ७.७ प्रतिशतले वृद्धि भएको चीनको भन्सार मुख्यालयले १३ तारिख जनाएको छ।

 

प्राप्त जानकारी अनुसार, सन् २०२२ मा चीनको आयात निर्यातको कुल मात्राले पहिलो पल्ट ४०० खर्ब चिनियाँ युआन नाघेकाले सन् २०२१ को उच्च आधारभुत अङ्कको आधारमा निरन्तर रूपमा स्थिर वृद्धिलाई कायम राख्दै आएको देखिन्छ। त्यस मात्राले इतिहासमा नयाँ किर्तिमान सिर्जना गर्नुका साथै लगातार ६ वर्षदेखि विश्वको पहिलो मालसामान व्यापारिक ठूलो मुलुकको स्थानलाई पनि कायम राख्दै आएको छ।