चीनको आयात-निर्यात कुल रकममध्ये निजी उद्योग-व्यवसायको अनुपात ५० प्रतिशतभन्दा बढी
2023-01-13 16:03:41CRI
Share with:

जनवरी १३ तारिख बिहान चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको भन्सार प्रधान कार्यालयलका प्रवक्ता ल्यु ताल्याङले सन् २०२२ मा चीनको आयात-निर्यात कुल रकम ४२० खर्ब ७० अर्ब चिनियाँ युआन पुगेको छ भने यसले इतिहासको नयाँ किर्तिमानको सिर्जना गरेको कुरा बताउनुभएको छ।

चीनको भन्सार प्रधान कार्यालयअनुसार, सन् २०२२ मा चीनको आयात-निर्यात कुल रकम ४२० खर्ब ७० अर्ब चिनियाँ युआन थियो र जुन सन् २०२१ को तुलनामा ७.७ प्रतिशतले बृद्धि भएको थियो। चीन र “बेल्ट एण्ड रोड” आबद्ध मुलुकहरूसितको आयात-निर्यात रकम जम्मा १३८ खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ भने सन् २०२१ को तुलनामा १९.४ प्रतिशतले बृद्धि भएको छ।

चीनको भन्सार प्रधान कार्यालयलका प्रवक्ता ल्यू ताल्याङकाअनुसार, सन् २०२२ मा आयात-निर्यातको व्यावहारिक फाइदा प्राप्त गरेका चिनियाँ निजी उद्योग-व्यवसायहरूको सङ्ख्या ५ लाख १० हजार पुगेको छ। चिनियाँ निजी उद्योग-व्यवसायहरूको आयात-निर्यात रकम २१४ खर्ब चिनियाँ युआन पुगेको छ।