चिनियाँ प्रतिनिधिद्वारा अमेरिकालाई एकतर्फी नाकाबन्दीको दुरुपयोग नगर्न कडा चेतावनी
2023-01-13 16:05:09CRI
Share with:

स्थानीय समयअनुसार, जनवरी १२ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले शान्ति बढाउने, कानुनी शासन प्रबर्द्धन गर्ने, अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षण गर्ने विषयबारे खुला बैठकको आयोजना गरेको छ। चिनियाँ प्रतिनिधिले उक्त बैठकमा अमेरिकालाई एकतर्फी नाकाबन्दीको दुपयोग गरेकोमा कडा विरोध गर्नुका साथै कुनै पनि मुलुकले आफ्नो मुलुकको कानुनलाई अन्तर्राष्ट्रिय कानुनभन्दा माथि राख्न नहुने कुरामा जोड दिनुभएको छ।

चिनियाँ प्रतिनिधिले चीनले अन्तर्राष्ट्रिय कानुनको शासन बढाउनका लागि एकतर्फी नाकाबन्दीको कडा विरोध गर्नुपर्ने, कुनै पनि मुलुकले आफ्नो मुलुकको कानुनलाई अन्तर्राष्ट्रिय कानुन माथि राख्न नहुने बताउनुभयो।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले केही मुलुक खास गरी अमेरिकाले निष्पक्ष प्रतिस्पर्धा, बजारमूलक अर्थतन्त्र सिद्धान्त र बहुपक्षीय व्यापार नियमको उल्लंघन गरेको, यसले अरु मुलुकको वैधानिक विकास अधिकार र अन्तर्राष्ट्रिय समाजको साझा हितको हानी पुर्याउनुका साथै अन्तर्राष्ट्रिय ऐनको शासन भावनासित अनुकूलन नभएको बताउनुभयो।