अमेरिकाले प्रशान्त टापू देशहरूसँग माफी माग्दै उचित क्षतिपूर्ति दिनुपर्छ
2023-01-13 16:58:28CRI
Share with:

हाल अमेरिकाले प्रशान्त  टापू देशहरूलाई ज्यादै ध्यान दिएको छ। तर केही समयअघि एक सयभन्दा बढी संस्थाले अमेरिकी सरकारलाई पत्र पठाएर वचनवद्धता पालना गरेर मार्शल टापूहरूलाई माफ माग्न अनुरोध गरेका छन्।

मार्शल टापूहरू प्रशान्त सागरको मध्य भागमा पर्दछन्। यो १२०० भन्दा बढी टापूहरूद्वारा गठित रहेको छ। सन् १९४४ देखि त्यहाँ अमेरिकाबाट सैन्य नियन्त्रण गरिनुका साथै १९४७ देखि अमेरिकाबाट शासन गरिएको थियो। सन् १९८६ मा त्यो स्वतन्त्र भयो। सन् १९४६ देखि १९५८ सम्म अमेरिकाले मार्शल टापूहरूमा ६७ पटक आणविक परीक्षण गरेको थियो। विशेष गरी सन् १९५४ मार्च १ तारिख अमेरिकी सेनाले मार्शल टापूहरूमा हालसम्म सबैभन्दा शक्तिशाली आणविक हतियार कास्टल ब्राभो नामक हाइड्रोजन बम विष्फोटन गराएको थियो। त्यसका साथै अमेरिकाले नेभाडा राज्यमा पर्ने आणविक परीक्षण क्षेत्रका करिब १३० टन आणविक फोहोर माटो प्रत्यक्ष रूपमा मार्शल टापूहरूमा फ्याकेको थियो।

अन्तर्राष्ट्रिय दवावमा सन् १९८६ मा अमेरिकाले मार्शल टापूहरूसँग “स्वातन्त्र सम्पर्क सन्धि” मा हस्ताक्षर गरेर आणविक परीक्षणबाट स्थानीय बासिन्दाको जन-धनको क्षतिका लागि क्षतिपूर्ति दिन स्वीकार गरेको थियो। त्यसबेला अमेरिकाले लगभग १५ करोड डलरको क्षतिपूर्ति  दिन खोजेको थियो। अन्तर्राष्ट्रि मध्यस्थता अदालतले अमेरिकाले मार्शल टापूहरूलाई  २ अर्ब ३० करोड डलर क्षतिपूर्ति दिनुपर्ने फैसला गरे तापनि अमेरिकाले त्यसलाई अस्वीकार गरेको थियो। लस एन्जेल्स टाइम्सका अनुसार, अमेरिकाले ४० लाख डलर मात्रै क्षतिपूर्ति दिएको थियो। अमेरिकी काँग्रेसबाट प्रकाशित प्रतिवेदनबारे विश्लेषण गर्दा अमेरिकाले मार्शल टापूहरूलाई अझ बढी क्षतिपूर्ति दिने इच्छा राखेको छैन।

अमेरिकाको अनैतिक तथा प्रभूत्व गतिविधिले विश्वलाई उत्तेजित बनाएको छ। सन् २०२२ मा राष्ट्र संघीय मानव अधिकार समितिको ५१औँ बैठकले निर्णय-पत्र पारित गरेर सम्बन्धित देशसँग जिम्मेवारी वहन गरेर मार्शल टापूहरूलाई आणविक परीक्षणको बाँकी समस्याको समाधान गर्न सहयोग गर्न ताकिता गरेको छ। “स्वतन्त्र सम्पर्क सन्धि” सन् २०२३ सम्म पूरा हुन लागेको हुनाले एक सयभन्दा बढी संगठनले अमेरिका सरकारलाई पत्र पठाएर मार्शल टापूहरूसँग माफ माग्नुका साथै नयाँ सन्धिमा अझै उचित क्षतिपूर्ति रकम निश्चित गर्ने आशा गरेका छन्।

सन् २०२२ यता अमेरिकाले प्रशान्त टापूहरूमा धेरै कुटनीतिक गतिविधि गरेको छ। विभिन्न राजनितिज्ञहरूले त्यहाँको भ्रमण गरेर पहिलो अमेरिका-प्रशान्त टापू देशको शिखर सम्मेलन पनि केही समयअघि वाशिन्टनमा आयोजित भयो। यदि अमेरिकाले सदिच्छापूर्ण रूपमा प्रशान्त टापू देशको विकासलाई सहयोग गरेर ऐतिहासिक ऋण तिर्नुपर्छ। जसबाट व्यावहारिक गतिविधिमार्फत् प्रशान्त टापू देशहरूको विश्वास जित्नुपर्छ।

विश्वमा सबैभन्दा बढी आणविक हतियार भएको देशभएको हैसियतमा अमेरिकाले मार्शल टापूहरूलाई क्षतिपूर्ति दिनुका साथै वर्तमान खतरनाक आणविक प्रसार गतिविधिलाई पनि रोक्नुपर्छ।