चीनद्वारा एशिया प्रशान्त ६ ई उपग्रहको सफल प्रक्षेपण
2023-01-13 10:53:02cri
Share with:


सन् २०२३ को जनवरी १३ तारिख बिहान सबेरै २ बजेर १० मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङमार्च २ नम्बर ग ढाँचाको क्यारियर रकेटमार्फत सफलताका साथ एशिया प्रशान्त ६ ई उपग्रहको प्रक्षेपण गरेको छ। त्यस उपग्रह सुचारू रूपमा निर्धारित लीकमा प्रवेश गरेपछि प्रक्षेपण कार्य पनि सफलताका साथ सम्पन्न भएको छ।

 

प्राप्त जानकारी अनुसार, त्यस उपग्रहले मुख्यत: दक्षिण पूर्वी एशिया क्षेत्रतर्फ उच्च प्रवाहको टेलिकम सेवा प्रदान गर्नेछ।

 

उक्त प्रक्षेपण लङमार्च श्रृङखलाबद्ध क्यारियर रकेटको ४६० औँ उडान कार्य पनि हो।