चीन र भियतनामका राष्ट्रनायकबीच नयाँ वर्षको शुभकामना आदानप्रदान
2023-01-14 16:36:04CRI
Share with:

जनवरी १४ तारिख चीन र भियतनामका जनताको परम्परागत चाड वसन्त पर्व आउनलागेको बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिनफिङ र भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव गुयेन फुट्रोङबीचमा शुभकामना सन्देश आदानप्रदान भएको छ।

शुभकामना सन्देशमा सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी, सरकार र जनताको तर्फबाट गुयेन फुट्रोङ र भियतनाम कम्युनिष्ट पार्टी, सरकार र जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभयो।

सीले सन् २०२२ चीन र भियतनामका दुवै पार्टी र दुवै मुलुकको विकासका लागि महत्वपूर्ण वर्ष भएको र दुई मुलुकको सम्बन्धका लागि कोशे ढुङ्गा रहेको बताउनुभयो।

सीले सन् २०२३ मा महासचिव गुयेन फुट्रोङसँग घनिष्ट सम्पर्क गर्ने र दुई मुलुकको निरन्तर, स्वस्थ र स्थिर विकासका लागि मार्गनिर्देश गर्ने उल्लेख गर्नुभयो।

गुयेन फुट्रोङले शुभकामना सन्देशमा महासचिव सीसँग मिलेर चीनको भ्रमण दौरान प्राप्त गरेको सम्झौता र सहमतिलाई व्यवहारमा उतार्न दुई पक्षको विभिन्न विभाग र विभिन्न क्षेत्रलाई निर्देशन गर्ने बताउनुभयो।