चीनियाँ वैदेशिक व्यापारको पैमाना पहिलोपटक ४०० खर्ब आरएमबीभन्दा बढी
2023-01-14 16:42:23CRI
Share with:

चीनियाँ वैदेशिक व्यापारको पैमाना पहिलोपटक ४०० खर्ब आरएमबीभन्दा बढी पुगेको छ। चीनले विश्व व्यापारमा निरन्तर ६ वर्षदेखि पहिलो स्थान लिँदै आएको छ। यो जनवरी १३ तारिख प्रकाशित चिनियाँ वैदेशिक व्यापारको उपलब्धि हो। जसबाट चिनियाँ अर्थतन्त्रबारे अन्तर्राष्ट्रिय जगतको विश्वास अझै बढाइएको छ।

सोही दिन चिनियाँ भन्सारबाट प्रकाशित तथ्याङक अनुसार, सन् २०२२ मा चिनियाँ सामानको कूल आयात-निर्यात रकम ४२० खर्ब ७९ अर्ब चिनियाँ युआन पुगेको छ। यो सन् २०२१ को तुलनामा ७.७ प्रशतिशतले वृद्धि भएको हो।

वैदेशिक व्यापार अर्थतन्त्रको ब्यारोमिटर हो। सन् २०२२ मा चिनियाँ वैदेशिक व्यापारको राम्रो उपलब्धिबाट चिनियाँ अर्थतन्त्र मजबूत, ठूलो निहित शक्ति र दीर्घकालमा राम्रो विकास हुने अवस्थामा कुनै परिवर्तन नभएको देखाएको छ।

चिनियाँ वैदेशिक व्यापारको मजबूद र जैविक शक्ति कहाँबाट आयो? निर्यातबाट हेर्दा चीनले बजार र उत्पादको राम्रो नियन्त्रण तथा प्रयोग गरेको छ। आयातबाट हेर्दा चीनको व्यापक भित्री बजारले बलियो समर्थन दिएको छ।

चिनियाँ वैदेशिक व्यापारको स्थिर उपलब्धि नीतिबाट बलियो समर्थन पनि पाएको छ। गत वर्ष विदेशी व्यवसायलाई कठिनाइको समाधान गर्न सहयोग गर्नका लागि चीन सरकारले विविध कदमको तर्जुमा गरेको छ।  चौतर्फी समर्थन दिने सरकार र सक्रिय व्यवसायले हातमा हात मिलाएर प्रयास गर्नु चिनियाँ वैदेशिक व्यापारले विविध कठिनाइको समाधान गरेर दीर्घकालीन स्थिरता देखाउने महत्वपूर्ण कारण हो।

महामारीको अवस्थामा चिनियाँ वैदेशिक व्यापारले बलियो उत्पादन उद्योग र पूर्ण आपूर्ति शृङ्खलालगायत श्रेष्ठताको प्रयोग गरी विश्व व्यापार तथा विश्व अर्थतन्त्रको पुनर्त्थानका लागि महत्वपूर्ण योगदान दिएको छ। 

गत वर्षको अन्त्यमा आयोजि केन्द्रीय अर्थतन्त्र कार्य बैठकमा भित्री माग विस्तार पार्ने र उच्चस्तरीय वैदेशिक खुलापनलाई अगाडि बढाउने विषय केन्द्रमा थियो। सन् २०२३ मा चिनियाँ वैदेशिक व्यापारले चिनियाँ अर्थतन्त्रको तिव्र विकासलाई सहयोग गर्नुका साथै विश्व आर्थिक वृद्धिको निरन्तर महत्वपूर्ण इन्जिन हुनेछ।