“बेल्ट एण्ड रोड” प्रस्तावले विश्वव्यापी सहयोगका लागि अवसर सिर्जना गरेको पाकिस्तानी राष्ट्रपतिको भनाइ
2023-01-14 16:33:55CRI
Share with:

पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले राजधानी इस्लामावादमा चिनियाँ सञ्चार-माध्यमलाई हालै अन्तर्वार्ता दिँदै चीनको विकास अनुभव सिक्नसकिने, “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वव्यापी सहयोगका लागि मौकाको सिर्जना गरेको बताउनुभएको छ।

अरिफ अल्वीले राष्ट्राध्यक्ष सीसँग भेटवार्ता गर्दै आर्थिक तथा सामाजिक विकासको योजना बनाउँदा राष्ट्रिय अवस्थामाथि ध्यान दिनुपर्ने र चीन यस्तो सफल नमूना रहेको उल्लेख गर्नुभयो।

अल्वीले चीनले प्रस्तुत गरेको “बेल्ट एण्ड रोड”प्रस्तावले विश्वका लागि सहयोगको ठूलो अवसर उपलब्ध गराएको बताउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी दिगो विकास, क्षेत्रीय समृद्धि र विकास बढाउने आधारमा अन्तर्राष्ट्रिय सहयोग बढाउने र साझा विकास अगाडि बढाउने कुरामा अडिग लागिरहेको भन्नुभयो।