तिब्बतद्वारा जनताको जीवन सुधार परियोजनामा १४ अर्ब ७४ करोड चिनियाँ युआन लगानी
2023-01-14 16:25:52CRI
Share with:

प्राप्त समाचार अनुसार, सन् २०२२ मा तिब्बतले “जनताको जीवनको सुधारसम्बन्धी दश वटा परियोजना”मा १४ अर्ब ७४ करोड चिनियाँ युआन लगानी गरेको छ। शिक्षा, चिकित्सा, सँस्कृति, आबास प्रत्याभूति, कठिनाइमा परेका सर्वसाधारणलाई मद्दत दिने परियोजनामा लगानी निरन्तर रुपमा विस्तार भएको छ। जनताको जीवनका लागि तेह्रवटा भत्ता र सहायता मापदण्ड बढेको छ। जनताको जीवनसम्बन्धी ३८ वटा सूचि सम्पूर्ण रुपमा समाधान गरिएको छ।

सन् २०२३ मा तिब्बतले शिक्षाको शुल्क, शहर तथा ग्रामीण क्षेत्रको वासिन्दाको आधारभूत चिकित्सा बिमाको भत्ता, आधारभूत सार्वजनिक स्वास्थ्य सेवाको भत्तालगायत २१ वटा कुरामा १३ अर्ब ७० करोड चिनियाँ युआन लगायने अनुमान गरेको छ।