अङ्गोलाका राष्ट्रपतिद्वारा चीनका परराष्ट्र मन्त्री छिन काङसँग भेटवार्ता
2023-01-14 16:34:56CRI
Share with:

स्थानीय समयअनुसार जनवरी १३ तारिख अङ्गोलाका राष्ट्रपति जोआओ लोरेन्सोले लुएन्डामा चीनका परराष्ट्र मन्त्री छिन काङसँग भेटवार्ता गर्नुभएको छ।

लोरेन्सोले राष्ट्राध्यक्ष सी चिनफिङले अङ्गोला र चीनबीचको सम्बन्धको विकासमाथि ध्यान दिनुभएकोमा कृतज्ञाता ज्ञापन गर्नुभयो। साथै उहाँले चिनियाँ सहयोगमा विमानस्थल, जल विजुली स्टेशन, राजमार्ग, बन्दरगाहआदि परियोजनाहरू अङ्गोलामा सुचारु रुपमा अगाडि बढाइरहेको बताउँदै ती परियोजनाहरूले अङ्गोलाको पुनःनिर्माण र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

अङ्गोलाले एक चीनको नीति दृढताका साथ पालना गरेको बताउँदै उहाँले चीनसँग मिलेर एकअर्कालाई हस्तक्षेप नगर्ने सिद्धान्त संयुक्त रुपमा पालन गर्ने र अन्तर्राष्ट्रिय निष्पक्ष तथा न्यायको संरक्षण गर्ने कुरामा जोड दिनुभयो।

चिनियाँ परराष्ट्रमन्त्री छिन काङले अङ्गोलाले एक चीनको सिद्धान्तको अरक्षशःपालना गरेकोमा चीनले प्रशंसा गरेको, चीनले अङ्गोलालाई विकास बाटो स्वयं रुपमा छान्न, राष्ट्रिय सर्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्न समर्थन दिने कुरा बताउनुभयो।