सन् २०२२ मा चीनको वन व्यवसायको कुल उत्पादित रकम ८० खर्ब चिनियाँ युआनभन्दा बढी
2023-01-15 16:53:44CRI
Share with:

चीनको राष्ट्रिय वन तथा घाँसे मैदान ब्यूरोले सार्वजनिक गरेको पछिल्लो सूचनाअनुसार, सन् २०२२ मा चीनको वन व्यवसायको कुल उत्पादित रकम ८० खर्ब चिनियाँ युआनभन्दा पुगेको छ।

सन् २०२२ मा फलफूल, पर्यावरणीय पर्यटनआदि नवोदित व्यवसायहरू राम्रोसँग विकास भएको छ हरित पर्यावरणीय उत्पादित वस्तुको आपूर्ति क्षमता निरन्तर रुपमा बलियो भएको छ। वनको उत्पादित वस्तुको आयात-निर्यात रकम १ खर्ब ८८ अर्ब ३० करोड चिनियाँ युआन पुगेको छ।

चीनको राष्ट्रिय वन तथा घाँसे मैदान ब्यूरोका अनुसार, सन् २०२२ मा ५ खर्ब ७४ अर्ब ५० करोड मू अर्थात् ३८ लाख ३० हजार हेक्टरको नयाँ वनस्पति रोपिएको छ। वल्लो शान्षी, कान्सु, भित्री मङ्गोलिया, हुनान, क्वाङतोङ, क्वाङसी, च्याङसी गरी ७ वटा प्रान्त र स्वायत्त प्रदेशले रोपेको नयाँ वनस्पतिको क्षेत्रफल १० लाख मू अर्थात् ६६ हजार ६ सय ६६.७ हेक्टरभन्दा बढी भएको छ।