बेनिनका राष्ट्रपति तालोनद्वारा चिनियाँ परराष्ट्रमन्त्री छिन काङसँग भेटवार्ता
2023-01-15 16:40:49CRI
Share with:

स्थानीय समयअनुसार जनवरी १३ तारिख बेनिनका राष्ट्रपति पाट्रिस गुइलौमे अथानासे तालोनले कोटोनोउमा चीनका परारष्ट्र मन्त्री छिन काङसँग भेटघाट गर्नुभएको छ।

तालोनले बेनिनले लामो समयमा चीनले बेनिनलाई दिएको समर्थन र मद्दतको प्रशँसा गरेको, बेनिन सानो मुलुक भएता पनि समान र न्यायको तिर उभिएको र बेनिनले चीनलाई दृढ र पारदर्शी मित्रको रुपमा बनाएको बताउनुभयो।

तालोनले चीनले विकासको सही बाटो खोजेको र उल्लेखनीय उपलब्धि हासिल गरेको, बेनिनले चीनको अनुभव सिक्ने, व्यावहारिक सहयोगलाई सबल पार्ने र विस्तार गर्ने प्रतिक्षा गरेको पनि उल्लेख गर्नुभयो।

छिन काङले चीनको केन्द्रीय हित र अभिरुची समस्यामा बेनिनले चीनलाई दिएको समर्थनप्रति कृतज्ञाता ज्ञापन गर्नुभयो। छिन काङले चीन र बेनिन दुबै पक्षले दुई मुलुकका राष्ट्रानायकबीच प्राप्त भएको महत्वपूर्ण सहमति र चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौँ सम्मेलनमा प्राप्त भएको उपलब्धिलाई संयुक्त रुपमा व्यवहारमा उतार्ने विचार व्यक्त गर्नुभयो।