छिनलिङको सानो रेल
2023-01-15 18:05:31CRI
Share with:

चीनको दक्षिण र उत्तरको भौगोलिक विभाजन लाइनको छिनलिङ पहाडमा सी ६०६३ नम्बर रेल हरेक दिन सञ्चालन हुन्छ। कुल लम्बाइ ३५० किलोमिटरको बाटोमा यो रेल ३८ वटा स्टेशनमा अडिन्छ। यो रेलमा किसानले कृषि उपज बिक्री गर्न पाउँछन्। यो रेलको टिकट निकै सस्तो छ। २० किलोमिटरभित्र रेलको टिकट एक चिनियाँ युआन मात्र छ।

सन् २०२१ को अन्त्यसम्म चीनको द्रुत गतिको रेलको कुल लम्बाइ ४० हजार किलोमिटर पुगेको थियो। तर चीन सरकारले पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई बिर्सेको छैन। सी ६०६३ नम्बर सामान्य गतिको रेल हो। यो रेल निरन्तर सञ्चालनमा रहेको छ।