सन् २०२३ वसन्त चाड गालामा के कस्ता प्राविधिक सिर्जना
2023-01-16 14:39:17cri
Share with:

जनवरी १६ तारिख चाइना मिडिया ग्रुपको कार्यक्रम सन् २०२३ वसन्त चाड गालाले एक पत्रकार सम्मेलनको आयोजना गरी विविध प्राविधिक सिर्जनाको जानकारी दिँदै गालाका सञ्चालक दलको घोषणा गर्नुकासाथै पहिलो पटक वसन्त चाड गालाको प्रचार भिडियो र शुभ चिन्ह खरायोको एनिमेसन भिडियो पनि सार्वजनिक गरेको छ। चाइना मिडिया ग्रुपका उपप्रमुख वाङ स्याउ चनले पनि सम्मेलनमा भाग लिनुभएको छ।

यस वसन्त चाड गालामा फोर के, एट के, एआई, एक्स आदि नयाँ प्रविधिको प्रयोग गरीविचार प्लस कला प्लस प्रविधिजोडिएको सिर्जनालाई अघि बढाएर विश्व चिनियाँ र चिनियाँ मूलका विदेशीलाई एउटा अद्भुत वसन्त चाड कार्यक्रम देखाइने भएको छ।

यस वर्षको वसन्त चाड गालामासमृद्ध नयाँ युगको चीन, जीवन दिनप्रति दिन सुखमय बनाउनेशीर्षकको नारासहित चिनियाँसमक्ष नयाँ वर्षमा खुशी, जीवन्त र विश्वास भरिएको वातावरणको स्थापना गरिने छ।

चाइना मिडिया ग्रुप अन्तर्गत ६८ वटा बहुभाषीय नयाँ सञ्चारमाध्यम चौतारोमार्फत् विश्वको १७० बढी मुलुकका ७०० भन्दा बढी सञ्चार माध्यमले यस वसन्त चाड गालाको प्रत्यक्ष प्रसारण तथा रिपोर्ट गर्ने छन्।