चिनियाँ राजदूत छन् सुङद्वारा काठमाडौंमा प्रधानमन्त्री दाहालसँग भेटघाट
2023-01-16 16:39:44cri
Share with:

 

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ।

 

चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताउनुभयो।

 

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूतमार्फत धन्यवाद ज्ञापन गरेका गर्नुभयो। प्रचण्डले रास्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको नेपालखबर अनलाइनले लेखेको छ।

 

राजदुत छ्नले शुक्रबार ओहदाको प्रमाणपत्र रास्ट्रपतिसमक्ष पेश गर्नुभएको थियो।