प्रति १० हजार जनसंख्यामा उच्च-मूल्य आविष्कार प्रतिलिपि संख्या बढ्दो
2023-01-16 18:52:56cri
Share with:

चीनको सूचना कार्यालयले सन् २०२२ को बौद्धिक सम्पदा अधिकारसम्बन्धी कार्यको परिचय दिन जनवरी १६ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ।

 

चीनको राष्ट्रिय बौद्धिक सम्पदा कार्यालयको रणनीति योजना विभागका निर्देशक क शूले सन् २०२२ को अन्त्यसम्ममा चीनमा प्रति १०,००० व्यक्तिमा उच्च मूल्यको आविष्कार प्रतिलिपि अधिकारको संख्या ९.४ पुगेको छ। यी संख्याबाट चीनको बौद्धिक सम्पदाको उच्च गुणस्तर देखाउनुका साथै सिर्जनशीलतामा निरन्तर सुधार भइरहेको र आविष्कार प्रतिलिपि संरचना लगातार समायोजित भइरहेको देखिन्छ।

 

उहाँले भन्नुभयो, पहिलो, उच्च मूल्यको आविष्कार पेटेन्टहरूको फाइदा बढ्दै आएको छ। दोस्रो, रणनीतिक नयाँ उद्योगहरूको पेटेन्टको शक्ति अझ बलियो बनेको छ। तेस्रो, उच्च मूल्यवान् आविष्कार पेटेन्टको औसत मर्मत अवधि लगातार बढेको छ।